नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौँ विद्यार्थी र शिक्षकलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककारीबाट कम्तिमा १०० जना विद्यालय विद्यार्थी उद्धार गरिएको पुष्टि गर्नु भएको छ ।
सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्णय गरेको हो ।
नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोसँग मङ्गलबार हुने पत्रकार सम्मेलन ‘स्थगित’ भएको नोबेल इन्स्टिच्यूटले जनाएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ ।
लागु औषध प्रयोगकर्ता महिला तथा यौनिक अल्पसङ्ख्यकमाथि हुने विविध प्रकारका हिंसा, क्षति न्युनीकरण र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तीन दिने आवासिय प्रशिक्षण कार्यशालाको आयोजना गरिएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
दुई देशबिचको सीमामा झडप र हिंसा बढ्दै जाँदा थाइल्यान्डले कम्बोडियाको क्षेत्रमा प्रहार गरेपछि मङ्गलबार सात जना सर्वसाधारणको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको जनाइएको छ ।
लमजुङमा सञ्चालित १७ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेँसीसहर नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र ६ कास्य प्राप्त गरी बेसीशहरले राष्ट्रपति रनिङ्ग शिल्ड हात पारेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् ।
यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
म्याग्दीको बेनी नगरपालिका–९,स्थित तोरिपानी गाउँका किसानले परम्परागत तरिकाले थाङ्ग्रोमा गरिएको मकै भण्डारण । साथमा पृष्ठभुमीमा देखिएका अन्नपुर्ण, धौलागिरी लगायत हिमाल ।