दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९ः२४ मिनेट जाँदा चार दशमलटव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।
रुपन्देहीमा शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुनेभएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–१ बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ ।
इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
नेकपा (एमाले) का सचिव तथा एमाले महाधिवेशनको खाद्य व्यवस्थापन समितिका संयोजक लेखराज भट्टले पार्टीको आगामी महाधिवेशन विचार र नेतृत्व निर्माण गर्ने महत्वपूर्ण मञ्च सावित हुने बताउनुभएको छ ।
हङकङमा दशकौँयताकै सबैभन्दा भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ ।
चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ककनीमा स्थानीयले स्वागत गरेका छन्। गाउँसम्म पिच सडक पुगेपछि महतलाई धन्यवाद दिँदै स्थानीयले स्वागत गरेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहनुभएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गर्नुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी योद्धाका अधुरा सपना पुरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताउनु भएको छ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बाँकेमा सञ्चालन गरेको ‘बक्यौता असुली अभियान’ अन्तर्गत एकै दिन २५ लाख रुपियाँ भन्दा बढी बक्यौता असुली गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले थन्किएका तीन करोड बढीका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन गरेको छ ।
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रेदोभान पक्की पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले लैङ्गिक हिंसा रोक्नका लागि पारिवारिक सचेतना जरुरी रहेको बताउनुभएको छ ।