नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा मङ्गलबारदेखि तीन दिने दोस्रो नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ ।
खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा तथा डिपो कार्यालय मनाङले चालु आर्थिक वर्ष २०८१-८२ मा सहुलियत दरमा खाद्यान्न तथा उपभोग्य वस्तु वितरणलाई विस्तार गरेको छ ।
मङ्सिर २१ गतेबाट लागू भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् ।
ललितपुरका जारी आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौ चरणसम्मको खेलमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधिमा दाबी गरेका छन् ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ संगमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइलाई स्कुटर प्रदान गरिएको छ ।
दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।
सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए ।
गल्याङ नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानुभक्त आचार्य माध्यमिक विद्यालयले हासिल गरेको छ ।
कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाखभन्दा बढी थाई बासिन्दालाई आफ्नो आश्रय स्थल छोडी अन्यत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
खुला महिला म्याराथन प्रतियोगितामा निरमाया चौधरी प्रथम हुनुभएको छ ।
बेनी नगरपालिका–४, बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पक्षी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बाबासी भने पुस्तौदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको माटो उत्खनन गरेर बिक्री गरेको पाइएको छ ।