हनुमानढोका–स्वयम्भू ‘सम्पदा पदमार्ग’ विश्व नमुना बन्नेछ– पर्यटनमन्त्री श्रेष्ठ
स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमूना बन्ने बताउनुभएको छ ।
सस्तो प्याकेजले मुस्ताङमा अडिएनन् पर्यटक
पछिल्लो समय पर्यटन क्षेत्रले बिस्तारै लय समाउँदै छ । कोभिड–१९ को सङ्क्रमण बिस्तारै कम हुन थालेपछि तेस्रो मुलुकसहित भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको हो । पर्यटन व्यवसायीका अनुसार अहिले तेस्रो मुलुकबाट पनि पर्यटक आउन थालेका छन् । पोखरा आउने पर्यटक हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङमा अन्नपूर्णको पदयात्रा पूरा गरेर जाने पर्यटक पनि उत्तिकै छन् तर त्यहाँ पुगेका पर्यटक धेरै दिन टिक्न नसकेको व्यवसायी बताउँछन् । अझ धार्मिक पर्यटकको बसाइ अवधि मुस्ताङमा एक रातभन्दा बढी नहुने उनीहरूको भनाइ छ । पर्यटकको बसाइ कम हुनुमा पोखरेली व्यवसायी र सडक यातयात मुख्य कारक बनेको त्यहाँका व्यवसायीको गुनासो छ । पोखराका पर्यटन व्यवसायीले मुस्ताङ उक्लेका पर्यटकलाई घुमघाममा लैजाने र बसाइ अवधि बढाउने गरी प्याकेज नबनाउँदा समस्या परेको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो ।
पदयात्रा पर्यटनमा उत्साह, अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक
कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् ।
‘अफ सिजन’मा बढे पर्यटक
सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । निकुञ्जका सूचना अधिकारी विष्णु रोकायका अनुसार गत असारदेखि हालसम्म एक हजार २९९ विदेशी र १७६ जना नेपाली पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । असारमा ८५७ विदेशी र १८ नेपाली, साउनमा ३२३ विदेशी र ६२ नेपाली र भदौ १५ सम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत अन्तिमदेखि जेठसम्म र असोजदेखि
पर्यटकको आगमनले तङ्ग्रिदै हुम्ला पर्यटन (फोटो फिचर)
पर्यटन क्षेत्रको ठूलो सम्भावना भएको हुम्ला पुनः पहिलेकै लयमा फर्किन थालेको छ । बिशेषगरी सदगुुरुसहितको टोली सिमकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा जान सुुरु गरेपछि धार्मिक पर्यटकले यो क्षेत्र चलायमान भएको हो ।
प्राकृतिक कुचिकारकाे रूपमा मानिएका गिद्ध नेपालमा बढ्दै
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस यस वर्ष नेपालको ३३ जिल्लामा मनाइँदैछ । नेपाल पंक्षी संरक्षण संघको अगुवाइमा १४ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म एक सप्ताहव्यापी रुपमा मनाइँदैछ ।
भोटे चौरमा पर्यटकीय पूर्वाधार: काठमाडौँ महानगरको लागत सहभागिता
काठमाडौँ, भदौ १८ गते । मेलम्ची नगरपालिकाको भोटे चौरमा पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास भएको छ । भदौ १७ गते काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल र मेलम्ची नगरका प्रमुख आइतमान तामाङले संयुक्त रूपमा भोटे चौर एकीकृत पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको हो । भगिनी सम्बन्ध भएका नगरसँग सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन गर्न साझेदारी कार्यक्रम सञ्चालन गर्ने क्रममा यस पूर्वाधार निर्माणका लागि महानगरको लागत सहभागिता छ । मेलम्ची, काठमाडौँ महानगरको भगिनी सम्बन्ध भएको नगर हो । २०७७ पुस २१ गते दुई नगर बिच भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । महानगरले सम्बन्ध स्थापनापछि मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग सम्झौता गरेको थियो । २०७८ असार १ गते नदीमा आएको बाढीले बजार क्षेत्रमा क्षति पुराएपछि त्यो दुःख व्यवस्थापन गर्न दुई करोड रुपैयाँ उपलब्ध गराएको थियो । शिलान्यासपछि प्रमुख अतिथि एवं महानगरकी उपप्रमुख डङ्गोलले, भगिनी सम्बन्ध आर्थिक लेनदेनका लागि मात्र नभई, सांस्कृतिक आर्थिक विकासका पक्षमा अनुभव तथा सिकाइ आदान प्रदान गर्ने थलो भएको उल्लेख गर्नुभयो । ‘मेलम्चीले काठमाडौँलाई पानी दिएको छ । कृषिजन्य उत्पादनबाट काठमाडौँलाई टेवा पुर्याएको छ । यसरी काठमाडौँलाई सहयोग दिइरहेको मेलम्चीसँग भगिनी सम्बन्ध गाँसिएकोमा हामी हर्षित छौँ ।’ आपसी सम्बन्ध पछि पर्यटन पूर्वाधारका विषयमा कुरा गर्दै उहाँले, प्राकृतिक र मानवीय कुनै पनि कारणले आयोजना निर्माण सम्पन्नतामा ढिलाइ हुनु नहुने बताउनुभयो । उपप्रमुख डङ्गोलले, काठमाडौँमा मनाइने इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा दिइएको प्रसङ्ग उल्लेख भन्नुभयो, ‘मेलम्चीको आँगनबाट हामी तपाईँहरूलाई पर्व अवलोकनका लागि पाल्नुहुन निमन्त्रणा गर्दछौँ ।’कार्यक्रममा मेलम्ची नगरका प्रमुख आइतमान तामाङले, भोटे चौर पर्यटकीय पूर्वाधारले काठमाडौँ र मेलम्चीबिचको सम्बन्धलाई पछिल्लो पुस्ताले हेर्न पाउने बताउनुभयो । ‘यो परियोजना १८ करोड ३५ लाख लागतको हो । यसमध्ये पहिलो चरणमा दुई करोड २० लाख लागत बराबरको काम गर्दै छौँ ।’ प्रमुख तामाङले अनुमान गरिएको लागतमा बोलपत्रबाट २ करोड ४ लाख ५६ हजारमा काम हुने जानकारी गराउनुभयो । विस्तृत परियोजना प्रतिवेदनको प्रसङ्ग उल्लेख गर्दै उहाँले, यसको निर्माण सम्पन्नताका लागि काठमाडौँ महानगरबाट नियमित सहयोगको अपेक्षा गर्नुभयो । हामी सङ्घ र प्रदेश सरकारसँग पनि सहयोग माग्छौँ । प्रमुख तामाङको भनाइ थियो । कार्यक्रममा मेलम्ची नगरकी उपप्रमुख उमा प्रधानले पर्यटन पूर्वाधारबाट स्थानीय जीवनस्तरमा सुधार आउने अपेक्षा गर्नुभयो । त्यस्तै निवर्तमान प्रमुख डम्बरबहादुर अर्यालले, पर्यटन पूर्वाधारसँगै यस क्षेत्रमा घुम्न आउने पर्यटकले खरिद गरेर लैजाने सामग्री उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो । नगर साझेदारी कार्यक्रमअन्तर्गत यस अघि मेलम्ची सिटी पार्क निर्माण कार्य थालिएको थियो । मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले सिटी पार्कलाई पुनर्स्थापना गर्न नसकिने गरी क्षति पुराएपछि भोटे चौर पर्यटकीय पूर्वाधारमा योजना सारिएको जानकारी दिनुभयो । मेलम्चीले साझेदारी कार्यक्रमअन्तर्गत अगाडि बढाएको परियोजनामा प्राविधिक सहयोग आवश्यक भए काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने छ । कार्यक्रममा महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाको भनाइ थियो । मेलम्ची नगरको वडा १ र २ को खाल्टे, पाताल गुफा, तपो चुली डाँडा र चिया बगानसम्मको क्षेत्रलाई समेटेर पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ । यो भोटे चौर केदारेश्वर मन्दिर पछाडिपट्टिको भूभागमा पर्छ । साढे ४ किलोमिटर क्षेत्रको व्यवस्थित पद मार्ग योजनाको मुख्य विशेषता हो । यसका लागि भिरालो जमिनमा बनाइने १ हजार ६ सय सिँढीसहितको ७ हजार ५२ फिट (२ हजार १५० मिटर) लामो यात्रा मार्ग बनाइनेछ । यात्राका क्रममा यात्रुलाई आवश्यक पर्ने आराम गर्ने पाटी, दृश्यावलोकनका लागि भ्यु टावर निर्माण गरिनेछन् । भ्यु टावर भूकम्प प्रतिरोधी हुनेछ । बन क्षेत्र भएकोले यस ठाउँमा वनभोज स्थल बनाइनेछ । त्यस्तै शिव र बुद्धको मूर्ति, मेलम्चीको कृषि उपज देखाउन किवी र चियाका विम्बहरू, रक क्लाइम्बिङ् पर्खाल बनाइनेछन् ।
अगस्टमा ४१ हजार पर्यटक भित्रिए
अगस्ट महिनामा हवाई मार्ग हुँदै ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो महिनामा १७२ देशबाट सो सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । नेपाल भित्रिने २४ हजार ९२४ जना पुरुष पर्यटक छन् भने १६ हजार ३७२ महिला पर्यटक रहेका छन् । बाँकी आठ जना पर्यटकलाई भने विभागले अन्य समूहमा राखेको छ । विभागका अनुसार अगस्टमा मात्रै ८० हजार ३५३ जना पर्यटकको आगमन भएको छ ।
कुलपानीमा आन्तरिक पर्यटकको चहलपहल (फोटो फिचर)
दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँमा रहेको कुलपानी हरित पार्क यतिखेर पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुदै गएको छ । पार्कको प्रवेशद्धारमा हालै निर्माण गरिएको बाघ, जरायो, मयुरले पार्कको सुन्दरता थप बढाएको हो ।