कानुन मन्त्री लेखीलाई भूमिगत समूहको धम्की
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनतान्त्रिक तराई मुक्ती मोर्चा (भूमिगत समुह) का संयोजक जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताउनुभएको छ ।
शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन्।
नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिनुभयो।
दुई हजारभन्दा बढीमा एचआइभी पुष्टि
आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ । वातावरण विद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् । ‘एयर क्वालिटी इन्टेक्स’ का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सय ५५ एक्युआइ छ । यो समाचार तयार गर्दासम्मको अवधिमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।
उपनिर्वाचन मतगणनाको परिणाम आयोगको वेबसाइटमा
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा अद्यावधिक गर्ने भएको छ।
आगो, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
जनताको चाहनाअनुसार काम गरिरहेका छौं : मन्त्री गुरुङ
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकतालाई मध्यनजर राखी बर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ ।
अठार बिचौलिया पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले बिचौलियाको रुपमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ जना लाई पक्राउ गरेको छ । यातायात ब्यबस्था कार्यालय पर्सा र बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एसिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो
यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताउनुभएको छ ।
महोत्सवका लागि विद्यालय बन्द गर्न नगरपालिकाको आव्हान
कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि तीन दिन विद्यालय बन्द गर्न आव्हान गरेको छ ।
प्रतितोला एक हजार छ सयले बढ्यो सुनको मूल्य
नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री ओली लुम्बिनी आउनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनुहुने भएको छ। रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली ११ बजे यहाँ आउने कार्यक्रम रहेको छ ।
तीव्र सुधारको अपेक्षा
चालु आर्थिक वर्षको पाँचौँ महिना चलिरहेको छ ।
शिक्षा र न्यायका मानक
विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक सङ्घर्षमा होमिनुभएका वरिष्ठ मानव अधिकारवादी, शान्ति प्रक्रियाका मेरुदण्ड तथा भद्र व्यक्तित्व दमननाथ ढुङ्गानाको निधनले सिङ्गो राष्ट्र दुखित छ ।
समृद्धिको जग शिक्षा
प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था संविधानमै गरिएको छ ।
स्टार्टअप अभियान युवाको आशा केन्द्र
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले स्टार्टअप नेसन, २०३० कार्यक्रम घोषणा गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको बताउनु भएको छ ।
विश्वका खेलाडी नेपालमा
स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग ९एनपिएल० पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।”
स्थानीय तहको बेथिति: श्रीमतीलाई जागिर दिने हाकिमको जिम्मेवारी खोसियो
कालीकोटको खाँडचक्र नगरपालिकाले प्रमुखले नियम मिचेर वढुवा गरिएका एक जना कर्मचारीको जिम्मेवारी ११ दिनमा खोसिएको छ । नगर प्रमुख कमलबहादुर शाहीले नियम मिचेर जुनियर कर्मचारी सिनियर रहेको पत्र बनाएर गत कात्तिक ३० गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका प्रशासन तर्फका छैटौँ तहका कर्मचारी अबिराज शाहीको जिम्मेवारी मन्त्रालयले फिर्ता लिएको छ ।
हट्यो लाम, अनलाइनबाटै काम
सरकारले नागरिकलाई दिने आधारभूत सेवा प्रविधिमैत्री बनाउनका लागि एक दशकयता गरेका प्रयास क्रमशः सार्थक बन्दै गएका छन् ।
लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग
नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो ।
‘समृद्धिका लागि बलियो राजनीतिक पार्टीको आवश्यकता’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि धेरै नभइ बलियो राजनीतिक पार्टीको आवश्यकता भएको बताउनुभएको छ । कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।
हामी इतिहासमा गर्व गर्न लायक काम गर्दै थियौँ : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले इतहिासमा गर्व गर्न लायक काम अगाडि बढाएको बताउनुभएको छ।