अर्थतन्त्रमा संरचनागत सुधार
नयाँ बजेटको तयारी तीव्र भएको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको प्राथमिकता र सिद्धान्तबारेमा छलफल सम्पन्न भइसकेको छ । यसै आधारमा जेठ १० गते संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने तय भएको छ । संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । यो सामान्य प्रावधान मात्र नभएर संवैधानिक बाध्यता हो ।
मङ्कीपक्सको जोखिम
मे महिनाको ७ तारिखमा विज्ञप्तिमार्फत बेलायतको युके हेल्थ सेक्युरिटी एजेन्सीले ‘मङ्कीपक्स’ भाइरस सङ्क्रमित बिरामी देखिएको पुष्टि गरेको थियो । सो सङ्क्रमित अफ्रिकाको नाइजेरिया देश भ्रमण गरेको फर्केको थियो । नाइजेरियामा विगतदेखि नै मङ्कीपक्सको प्रकोप देखिँदै आइरहेको छ । मे महिनाको २० तारिखसम्म आइपुग्दा बेलायतमा २० जनामा सङ्क्रमण प्रमाणित भइसकेको छ । पहिलो सङ्क्रमितबाहेक अरू सङ्क्रमितको अफ्रिकी देश भ्रमणको इतिहास नभएको र पहिलो सङ्क्रमितको सम्पर्कमा समेत नभएको भनिएको छ । अहिले युरोप
विपत् व्यवस्थापनमा स्थानीय सरकार
विशिष्ट भौगोलिक बनोट, भौगर्भिक गतिशीलता, प्राकृतिक एवं मानवीय क्रियाकलाप र जलवायु परिवर्तनबाट परेको प्रतिकूल प्रभावका कारण नेपाल विपत्को उच्च जोखिममा छ । हावाहुरी, बाढीपहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल विस्फोट, हिम पहिरो तथा विनाशकारी भूकम्पको जोखिममा रहेको विभिन्न अध्ययन, अनुसन्धान र घटनाले देखाएको छ ।
अर्थतन्त्र सबलीकरणका लागि बजेट
जेठ ३ मा सङ्घीय संसद्का दुवै सदनमा विनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेस भएपछि माननीय सदस्यहरूले अत्यन्त गम्भीरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरूमा आफ्नो विचार र सुझाव राख्नुभएको छ । यी सबै विचार र सुझावलाई मैले आगामी बजेटको मार्गनिर्देशनका रूपमा लिएको छु ।
स्थानीय तह निर्वाचनको सन्देश
सङ्घीयता कार्यान्वयनमा आएपछिको दोस्रो स्थानीय तह निर्वाचनको परिणामले सुखद सन्देश दिएको छ । यो निर्वाचनमा जनताले विवेकको भरपूर प्रयोग गरेका छन् । निर्वाचनले लोकतन्त्रको उच्चतम अभ्यास मात्र गरेको छैन, राजनीतिक दललाई पनि ठूलो सबक सिकाएको छ । लोकतान्त्रिक अभ्यास बलियो हुँदै जानु मुलुककै लागि गर्वको विषय हो । नि
यसरी हुनसक्छ सडक दुर्घटना न्यूनीकरण
सडक दुर्घटना अन्तर्राष्ट्रिय समस्या हो । विश्वभर सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेको सङ्ख्या करिब १३ लाख रहेको तथ्याङ्कले देखाउँछ । दुर्घटना न्यूनीकरण गर्न विश्वभर नै विभिन्न सङ्घसंस्था क्रियाशील भए पनि अपेक्षित नतिजा आउन सकेको छैन । नेपालमा पनि सडक दुर्घटनामा परी दैनिक सात÷आठजनाले ज्यान गुमाइरहेका छन् ।
कृषि स्वरोजगारबाट गरिबी निवारण
तानसेन नगरपलिकाले गरिबी निवारणका लागि कृषि स्वरोजगार कार्यक्रम कार्यान्वयन गरी गरिबी निवारणमा अग्रगामी भूमिका निर्वाह गरिरहेको छ । बाध्यतावश वैदेशिक रोजगारीमा आकर्षित भएका छन् नेपाली युवा । युवा शक्तिको अभावले नेपाली उर्वरभूमि बाँझो रहेको छ भने खाद्यान्न र अन्य अति आवश्यक वस्तुमा पनि नेपाल परनिर्भर हुँदैछ । हाल छिमेकी राष्ट्र भारतलगायत विभिन्न मुलुकबाट खाद्यान्न, तरकारी, फलफूललगायत विभिन्न वस्तु नेपाल भित्रिएको छ भने हाम्रो मुद्रा बाहिर गइरहेको छ । केही वर्ष अगाडिसम्म नेपालले उत्पादन गरी विदेश निर्यात गर्ने गरेका वस्तुहरू पनि अहिले नेपालले विदेशबाट आयात गर्न परिरहेको छ । बेरोजगार र विपन्नताका कार
जैविक विविधतामा स्थानीय नेतृत्व
कृषि, वन र सिमसार क्षेत्र जैविक विविधताका भण्डार हुन् । त्यहाँ पाइने जीवजन्तु, वनस्पतिका प्रजाति र तिनमा पाइने भिन्नता जैविक विविधता हो
सेती खोचको पर्यटकीय महत्त्व
सेती नदीको खोचलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकारवाला र विज्ञबीच बहस सुरु भएको छ । युनाइटेड क्लब पोखराको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भूगोलविद् प्रा. डा. कृष्ण केसीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा सहभागी केही विज्ञले पर्यटन विकाससँग केन्द्रित भएर आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।