अस्पतालमा स्वास्थ्य बीमा गराएका विरामी बढे
निजी अस्पताल र मेडिकल कलेजमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि स्वास्थ्य बीमा गराएका विरामीको संख्या सरकारी अस्पतालमा ह्वात्तै बढेको छ ।
कालीगण्डकी करिडोर अवरुद्ध
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।
बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए
नेपालगञ्जको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ ।
विराटनगरका प्रमुखको सम्पत्ति ८५ कठ्ठा जग्गा ८० तोला सुन, ३ करोड पर्ने गाडी
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाउनुभएको छ । विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिनुभएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
अवरुद्व डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३ः०० बजेदेखि अवरुद्व भएको थियो ।
उद्योगमा अर्बौंको लगानी
दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा साढे तीन अर्ब लगानी थपिएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा तीन अर्ब ५२ करोड ९३ लाख लगानी थपिएको हो । यो घरेलु तथा साना उद्योग कार्यालय दाङमा एक वर्षको अवधिमा दर्ता भएका घरेलु तथा साना उद्योगको लगानी हो ।
११२ किलोवाट विद्युुत् उत्पादन सुुरु
ताँजाकोट गाउँपालिकास्थित कर्पुखोला लघुु जलविद्युुत्बाट ११२ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । निर्माणका लागि सम्झौता भएर छोटो समयममै काम सम्पन्न हुँदा उपभोक्ताले विद्युत् उपभोग गर्न पाएका छन् ।
लोपोन्मुख राजीलाई सुरक्षित आवास
सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत कैलालीको भजनी नगरपालिका–९, भुरुवामा २५ घर निर्माण गरी हस्तान्तरण गरेको छ। भुरुवामा लोपोन्मुख राजी परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको हो। प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले निर्माण भएको सुरक्षित आवास राजी समुदायलाई हस्तान्तरण गर्नुभयो। आवास निर्माणका लागि २०७७ माघमा राजी जातिको परम्परागत कच्ची घर भत्काएको थियो। सुरक्षित आवास प्राप्त गरेपछि भजनी नगरपालिका–९, भुरुवाकी मीना राजीले खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नयाँ घर पाउँदा धेरै खुसी भएकी छु।”
बैतडी अस्पतालमा जटिल शल्यक्रिया सेवा
बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गर्नुभएको हो । जिल्ला अस्पताल बैतडीमा अहिले एक एमडीजीपी चिकित्सकसहित नौ चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेको अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो । बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान भई एक घण्टामा छवटा अक्सिजन सिलिन्डर भर्न सकिन भएपछि एफएनसीओ (नवजात शिशुलाई २८ दिनसम्म राख्न सकिने) सेवा सुरु भएको छ ।