स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ ।
म्याद सकिन चार महिना बाँकी रहँदा धरहरा पुनर्निर्माणको २३ प्रतिशत काम बाँकी
दोस्रो पटक थपिएको म्याद सकिन अब चार महिना मात्र बाँकी रहदा धराहरा पुनर्निमाणको काम सम्पन्न नहुने देखिएको छ ।
अवैध संरचना भत्काउन बालेन मैदानमा
काठमाडौँ महानगरपालिकाले नक्सा पारितबिनाका संरचना भत्काउन थालेसँगै उपत्यकाका अन्य स्थानीय तहले समेत आफ्ना क्षेत्रभित्रका अनधिकृत संरचना हटाउन सुरु गरेका छन्। काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अनधिकृत संरचना हटाउने अभियान सुरु गरेकोमा कीर्तिपुर नगरपालिकाले पनि बिहीबार थालेको हो।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउनुपर्ने माग
द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै विधेयक संसद्बाट पास गर्न नहुने उनीहरुको धारणा छ ।
प्रदूषित पानीबाट बायोग्यास उत्पादन गरिने
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले नगरका दुईवटा वडाबाट निस्कने दिसाजन्य लेदो तथा प्रदूषित पानी प्रयोग गरी बायोग्यास उत्पादनलाई निरन्तरता दिने भएको छ। नगरपालिकाले वडा नम्बर–४ र ५ बाट निस्कने दिसाजन्य लेदो र प्रदूषित पानीको व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्न सङ्घीय सरकारको आर्थिक सहयोग तथा इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन (एन्फो) प्राविधिक सहयोगमा वडा नम्बर–५ श्रीखण्डपुरस्थित ढल प्रशोधन केन्द्रको मर्मत सुरु गरेको हो।
छोरी जीवन बीमा सम्झौता
भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क छोरी जीवन बीमा कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ। महानगरपालिकाका तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले सम्झौता–पत्रमा बिहीबार हस्ताक्षर गर्नुभएको हो। रेनु दाहाल दोस्रो पटक महानगरप्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महागनरपालिकामा जन्मिने छोरीका लागि निःशुल्क जीवन बीमा गर्ने निर्णय गर्नुभएको थियो। गत जेठ ११ गतेका दिन लागू हुने गरी १५ वर्ष अवधिका लागि बीमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कार्यान्वयन गर्न सम्झौता गरिएको हो। सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूले मात्र यो सेवा लिन पाउने छन् ।
भीर छिचोलेर विद्यालय धाउँदै
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोटस्थित जनज्योति माविका विद्यार्थीहरू जोखिमपूर्ण अक्करेभिरको पहिरो छिचोल्दै पढ्न जान आउन बाध्य छन्। गाउँपालिकाको वडा नं. ६ स्थित हैबार, सुँगुरे, बलेनीलगायतका ठाउँबाट आउने विद्यार्थी उक्त पहिरोको जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका हुन्। कक्षा ५ मा अध्ययनरत हैवारी निवासी छात्रा दिलमाया श्रेष्ठ वर्षाको बेलामा अक्करेभीरको पहिरोले जहिले पनि सास्ती दिने गरेको गुनासो गर्नुहुन्छ। “अक्करे भीरको पहिरोले पानी परेको बेलामा जहिले पनि पिरलो दिने गरेको छ, कतिखेर पहिरो बसेर यातायात थुनिने ठेगान हुँदैन,” उहाँले भन्नुभयो, “पानी परेको बेला विद्यालयको बस पहिरोबाट वारपार नहुँदा कहिले कहिले त पढाइ पनि छुट्छ।”
झाडीले छोपियो खुला मञ्च (फोटो फिचर)
पुरानो बसपार्कमा २०७१ सालमा ‘भ्यू टावर’ बन्न थालेपछि केही समय बस पार्कको रुपमा प्रयोग भएको खुला मञ्चमा पक्की संरचना बन्न थालेपछि बसपार्क हटाइएको थियो।
मोटरेवल पुल नहुँदा नागरिकलाई सास्ती
मेलम्ची नगरपालीका १० का मनोज अधिकारीको दैनिकी व्यस्ततामै बित्नेगरेको छ । बिहानै उठेर फर्ममा पुगी कुखुरा तथा खसिको मासु तयार गर्नुपर्छ । दैनिक ३ सय किलोभन्दा बढी मासु उहाँले बेच्दै आउनुभएको छ । उहाँको घर मेलम्ची १० मा र पसल मेलम्ची ११ मा रहेको छ । उहाँले दैनिक बोकेर पसलसम्म मासु लग्ने गर्नुभएको छ । फर्मबाट बजारसम्म जाने एक मात्रै विकल्प हो झोलुङ्गे पुल ।