कैलालीका जनप्रतिनिधिका प्राथमिकता : शिक्षा र स्वास्थ्य
कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन् । भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीे शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुहुन्छ । “यहाँका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि टीकापुर या लम्की जानुपर्ने बाध्यता छ । यही किन वातावरण भएन भन्ने प्रश्न उठेको छ”, उहाँ भन्नुहुन्छ, “अब मैले कम्तीमा यही पढ्ने वातावरण बनाउन के गर्ने भन्नेबारे छलफल गर्दैछु ।”
सुदुरपश्चिमको पर्यटन प्रवद्धर्नका लागि म्याराथन
खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको छ । सुन्दर सुदूरपश्चिम खप्तड – शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा जेठ २८ गते प्रतियोगिता हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत भएको छ।
बालकको शव १५ दिनपछि भेटियो
डोटीस्थित सेती नदीमा बालकको शव फेला परेको छ । आइतबार जिल्लाको दिपायल सिलगढी नगरपालिका –४ स्थित रेडियो नेपाल नजिकको सेती नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम सरकारले सञ्चारग्रामको सम्भाव्यता अध्ययन गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सूचना प्रविधियुक्त सञ्चारग्रामको सम्भाव्यता अध्ययन गर्नेभएको छ । सूचना तथा सञ्चारग्रामको प्रभावकारी व्यवस्थापन, प्रशोधन, भण्डारन र उपयोग गर्न सञ्चारग्रामको सम्भाव्यता अध्ययन गरिने आइतबार प्रस्तुत प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्थानीय जागरुक नभए जंगल सखाप हुन्छ : मन्त्री धामी
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले वन तथा बातावरण बचाउन स्थानीय बासिन्दा जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिका –२ अत्तरियामा रहेको शान्ति पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री धामीले सो कुरा बताउनुभयो ।
सडक, बिजुली र खानेपानी पुग्दा फेरियो गाउँको मुहार
प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय सरकारले बिजुली पु¥याएपछि दुर्गम गाउँको मुहार फेरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खानेपानी, सडक र स्थानीय सरकारले बिजुली बिस्तार गर्दा बैतडीको सिगास गाउँपालिका –३, गाउँको मुहार फेरिएको हो ।
वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व पुरस्कृत
कैलाली जनपुस्तकालयले आफ्नो ६५ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न व्यक्तित्वलाई पुरस्कृत तथा सम्मानित गरेको छ । जनपुस्तकालयले शनिबार कार्यक्रमगरी उहाँहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।
जातीय विभेद हट्न सकेको छैन : दलित अगुवा
छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष पूरा भएपनि समाजमा अझैं जातीय विभेद हट्न सकेको छैन । दलित समुदायले पशुपालनबाट उत्पादन गरेको घिउ चले पनि दूघ चल्न सकेको छैन ।