सभामुख सापकोटासँगको भेटमा जिसिटिपिले भन्यो, नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छौँ
ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन् ।
सिट बाँडफाँटबारे निष्कर्ष नजिक, बैठक भोलि पुनः बस्ने
सत्ता गठबन्धनको बैठकमा आगामी निर्वाचन सम्बन्धमा सिट बाँडफाँटबारे थप छलफल भएको छ ।
अमेरिकाका नेपालीले सम्झे नेता गिरीलाई
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ताको पहल लिन अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको पक्षमा पहल लिन सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । सो नेपाली भूमि समावेश गरेर नेपालको चुच्चे नक्सा जारी गर्ने काम आफू नेतृत्वको सरकारले गरेकाले सरकारले सो भूमि फिर्ता गर्ने विषयमा ध्यान नदिएको उहाँको टिप्पणी छ ।
पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उहाँको भनाइ छ ।
प्रचारप्रसारमा २५ जनाभन्दा बढी लान नपाइने व्यवस्था हटाउन माग
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आयोगले प्रस्ताव गरेको आगामी निर्वाचनको आचारसंहिता संशोधन गर्न १३ बुँदे सुझाव प्रस्तुत गरेको छ । एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले सोमबार विज्ञप्ति जारी गरेर निर्वाचन आचारसंहितामा स्वच्छता, पारदर्शिता र तटस्थताको पक्षमा ध्यान दिनुपर्ने जनाएको हो ।
अध्यक्ष दाहाल र नेपालबीच छलफल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ ।
‘प्रदीप दाइ सदैव प्रेरणापुञ्जका रूपमा रहनु हुनेछ’ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरी सबै राजनीतिकर्मीका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहने बताउनु भएको छ ।
पदमा लाेभ गरेकाे छैन: नेता खनाल
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू कहिल्यै पनि पदको लोभमा नभएको बताउनुभएको छ । समाजवादी प्रेस संगठन, गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफू पदको लोभमा नभएको बताउनुभएको हो ।
सबैको पहिचान स्वीकार नगर्दा प्रदेश नामकरण हुन सकेन: नेता कार्की
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं नेकपा एमालेको तर्फबाट प्रदेशको नामकरणको विषयमा सहजिकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले प्रदेश १ को नामाकरण यो प्रदेश सभाले गर्न नसक्ने अवस्था आएको बताउनुभएको छ ।
‘संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे...’
"संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे। माक्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो”, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व गिरिप्रति श्रद्धाञ्जली दिँदै श्रद्धाभाव व्यक्त गर्नुभयो।
‘भ्रष्टाचार अन्त्य नभएसम्म दिगो विकास सम्भव छैन’
प्रदेश सभा सांसदले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन्।
उच्च सम्मानका साथ नेता गिरीको अन्तिम बिदाइ [फोटो फिचर]
नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको उच्च सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उहाँको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।
‘प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तक’
कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरी नेपालको प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तक भएको चर्चा नेताहरुले गर्नुभएको छ।
नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्नेभएको छ ।
बाम गठबन्धनको तत्काल सम्भावना छैन : नेता भट्टराई
नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले तत्काल वाम गठबन्धन सम्भव नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आगामी निर्वाचनमा वाम गठबन्धन बन्ने वातावरण नरहेको बताउनुभएको हो ।
गठबन्धनबाट एक पटक चुनाव लड्छु : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट चुनाव लड्ने घोषणा उहाँले गर्नुभयो ।
प्रधानमन्त्री देउवाबाट गिरीप्रति श्रद्धाञ्जली
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
‘नेता गिरी सिरहाका सबै राजनीति दलको साझा अभिभावक हुनुहुन्थ्यो’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिरहा निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएको प्रदिप गिरीको उपचारको क्रममा निधन भएको खवरले सिरहाका हरेक दलका नेताहरुले एक साझा अभिभावक गुमाएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिबद्ध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ ।
नेपालले एक सच्चा र असल नेता गुमायो: प्रधानमन्त्री
उपचारको क्रममा शनिबार राती निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि ९आइतबार० गरिने भएको छ ।
कांग्रेस नेता प्रदीप गिरीको निधन
नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन भएको छ।