विकासलाई राजनीतिभन्दा माथि राखेर हेर्न आवश्यकः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ ।
अध्यादेशले जनताको समस्या सम्बोधन गर्न सक्दैन : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशमा जनता नभई स्वार्थ समूहको हित हेरिएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको शून्य समयः सांसदद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गर्नुभएको छ ।
नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गर्नुभएको छ ।
अवैध उत्खनन रोक्न मध्यरातमा मुख्यमन्त्री खोलामा
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बुधबार मध्यरातमा कमला खोलाको अनुगमन गर्नुभएको छ । धनुषा र सिरहाको सीमाक्षेत्रमा पर्ने कमला नदीमा रातको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको जनगुनासो बढेपछि त्यसलाई रोक्न उहाँ मध्यरातमा अनुगमन गर्नुभएको हो ।
राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठक : अध्यादेश प्रस्तुत नगरिने
अध्यादेश हटाइएको र संशोधित कार्यसूची आउन बाँकी रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीलेलाई बताउनुभयो ।
'कांग्रेसले अध्यादेशको समर्थन गर्छ'
सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश आमसञ्चार विधेयक दर्ता
कोशी प्रदेश सरकारले आमसञ्चारसम्बन्धी कानुन प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।
प्रतिनिधि सभा बैठक
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहन्छ : उपाध्यक्ष थापा
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा (बादल) ले वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाले सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले भन्नुभयो, ‘‘यो गठबन्धन सरकार ८४ सम्मै जान्छ ।’’
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
काँग्रेस संसदीय दलको बैठक सुरु
सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा
पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ ।
रवि लामिछाने विरुद्ध थुनछेक बहस हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछाने माथि लागेको सहकारी ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि चितवन जिल्ला अदालतमा थुनछेक बहस हुँदै छ ।
पाठ्यक्रम निर्धारणमा छलफल जारी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक–२०८१ मा कानुनी शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको मापदण्ड निर्धारण गर्नेसम्बन्धी व्यवस्थामा विकल्प प्रस्तुत गरेको छ । तर मन्त्रालयले ल्याएको विकल्पमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति हुन सकेन ।
संविधान संशोधनको नेतृत्व कांग्रेसले गर्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउनु भएको छ ।
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
‘नो केबलकार’ पक्षधर तीन जना रिहा
प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार पक्षधरका तीन जना रिहा भएका छन् । सिदिङबा गाउँपालिका –५ का लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन बुधबार साँझ रिहा भएका हुन् ।
पदको औचित्यलाई पुष्टि गर्न सक्ने मात्रै सफल नेतृत्व बन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्यलाई पुष्टि गर्न सक्ने मात्रै सफल नेतृत्व सावित हुने बताउनुभएको छ।
घोराही–८ का वडा अध्यक्ष शाह निष्काशित
नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका –८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्काशित गरेको छ ।
एमाले दाङको आमसभा तयारी तिव्र, ५० हजारको सहभागिता रहने
नेकपा (एमाले) ले दाङमा आमसभाको तयारी गरेको छ । फागुन ५ गते हुने आमसभामा ५० हजार बढीको सहभागिता गराउने एमाले दाङका पदाधिकारीहरुको भनाइ छ ।
जनताका लागि पिएसबी : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) सत्ताको गुणगान गाउन नभई जनताका लागि निर्माण भएको बताउनुभएको छ।