विकास र समृद्विका लागि गठबन्धन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्विका लागि पाँच दलीय गठबन्धन आवश्यकता अनुसार नै भएको बताउनुभएको छ।
मतदाताको सहयोगीबारे आयोगको विज्ञप्ति
निर्वाचन आयोगले शारीरिक अशक्तलाई गोप्य स्थानमा आफूसँगै लाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ।
पत्रकार संगठनका अध्यक्षलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
गठबन्धन दलआवद्ध पत्रकार संगठनका अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ ।
बूढानीलकण्ठ नगर प्रमुखमा १५ जनाको प्रतिस्पर्धा
स्थानीय तहको निर्वाचनका लागि काठमाडौं बूढानीलकण्ठ नगर प्रमुखमा राजनीतिक दल र स्वतन्त्र गरेर १५ जनाको उम्मेदवारी परेको छ।
लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउन आग्रह
पाँच दलीय गठबन्धनका शीर्ष नेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जित आवश्यक भएको बताएका छन् ।
वर्तमान संविधान जोगाउन गठबन्धन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
गठबन्धन राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताउनुभयो ।
स्थानीय तहको चुनावबाटै एमालेलाई रोक्नुपर्छ : रामचन्द्र पौडेल
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख २४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताउनुभएको छ।नेता पौडेलले एमाले अध्यक्ष केपी ओली राजनीतिक स्थिरता खलबल्याउने निम्ति नायक भएको आरोप लगाउनुभयो। उहाँले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका चुनावमा पराजित गर्नुपर्ने बताउनुभयो।‘‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’’, पौडेलले भन्नुभयो। ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको उहाँको भनाइ छ।ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ। ‘‘दिउँसो चुच्चे नक्सा देखाउने राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसँग लम्पसार पर्ने’’ पौडेलले ओलीतर्फ लक्षित गर्दै भन्नुभयो। नेता पौडेलले जनताको घर घरमा पुग्ने, अस्पतालको बेड बेडमा पुग्ने सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका उम्मेदवार खेलराज पाण्डे जस्तै मेयर चाहिएको बताउनुभयो ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गफ भन्दा कामका पछि लाग्न आग्रह गर्दै गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो। सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन नै अहिलेको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा समाजवादी नेतृ रामकुमारी झांक्री, राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, माओवादीका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल बलदेब, जसपाका नेता नवराज सुवेदी, मेयरका उम्मेदवार खेलराज पाण्डे, उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ, माओवादी रुपन्देही प्रमुख निर्मल जिसी, कांग्रेस नेता युवराज गिरीलगायतले धारणा राख्नुभयो।
अब नागरिकताको समस्या समाधान हुन्छः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताउनुभएको छ।