पिकअपको ठक्करबाट एक जनाको मृत्यु
सहिदभूमि गाउँपालिकामा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सहकारीमार्फत खसीबोका बिक्री गर्दा किसानलाई अनुदान
सरुमारानी गाउँपालिकाले किसानलाई खसिबोका बिक्री गर्दा अनुदान दिने गरेको छ । गाउँपालिकाले पालिका भित्र रहेका दुई वटा सहकारीमार्फत खसीबोका बिक्री गर्ने किसानलाई प्रति केजी २५ रुपियाँ अनुदान दिने गरेको हो ।
दाउन्नेमा यातायात एकतर्फी सञ्चालन
पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ ।
धनगढी –१६, रामपुरस्थित महादेव तालमा अवस्थित गङ्गामाताको मन्दिर
कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १६ रामपुर गाउँ किनारमा प्रख्यात बेहडाबाबा मन्दिर छ । मन्दिर नजिकै उत्तर–पूर्वमा महादेव ताल छ । सो तालको किनारमा निर्माण गरिएको छ गङ्गामाताको मन्दिर । गुम्बज शैलीको यो मन्दिर निकै नै आकर्षक रहेको छ । यो मन्दिर कैलालीको प्राचीन बेहडाबाबा मन्दिरको नजिकमा छ।
दिव्य पर्व हो विजयादशमी
शक्तिको आवश्यकता सबैलाई पर्छ । मानिसलाई मात्र होइन यो स्वयं जगत्का परिपालकका लागि पनि त्यत्तिकै आवश्यक पर्ने कुरा पुराण साहित्यहरू अनुशीलन गर्दा थाहा हुन्छ ।
लोकसाहित्यले सुम्पिएको रैथाने ज्ञान
यस लोकोक्तिले ज्ञान हस्तान्तरणको प्रक्रियालाई जनाउँछ । मानिस जन्मन्छ र एक दिन संसारसँग नाता तोडेर बिदा हुन्छ । संसारबाट बिदा हुने व्यक्तिले आफूसँग भएका ज्ञान, संस्मरण, अनुभव र अनुभूतिलाई आफ्नो जीवनकालको विभिन्न कालखण्डमा पटक पटक गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्छ । यसरी हस्तान्तरित ज्ञान उसको विरासत पनि हो ।
११ करोड मूल्य बढीको सुनसहित भारतीय नागरिक पक्राउ
मकवानपुर प्रहरीले ठुलो परिणाममा सुनसहित दुई जना भारतीय नागरिक पक्राउमा परेका छन् ।
पितृलाई बाटो बनाउने माझी
माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये पर्दछ । माछा मार्ने, डुङ्गा खियाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने गरेका माझी समुदायका आफ्नै खालका विशिष्ट रीतिरिवाज छन् । जन्मदेखि मृत्यु संस्कारसम्मका कार्यमा माझीहरूको आफ्नो विशिष्ट पहिचान रहेको छ ।
सय वर्षअघिका रेल, सडक र रोपवे
सयौँ वर्षअघि मानिस नेपाल खाल्डो (काठमाडौँ उपत्यका), चार भन्ज्याङ काट्न कुन बाटो भएर बाहिर जान्थे र भित्रिन्थे होलान् । युरोपेली पादरी र काश्मिरी मुसलमानहरू भारत, नेपाल हुँदै तिब्बत पुग्दथे । चिनियाँ भिक्षुहरू तिब्बतबाट नेपाल हुँदै भारत पुग्ने गर्थे । त्यसबेला भारतबाट बेलायतीले तिब्बतसँग व्यापार गर्दथे ।
‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो ।
देवीका नौ स्वरूप
शक्ति उपासना परम्परा प्राचीन परम्परा हो । यो परम्परामा देवीका विभिन्न स्वरूपको उपासना एवं आराधना गर्ने चलन हाम्रो समाजमा छ ।
शारदीय दुर्गापूजा बडादसैँ
परब्रह्मस्थानीय उपास्यका रूपमा देवी या पराशक्तिलाई ग्रहण गर्नु र देवी वा मातृशक्तिलाई विश्वब्रह्माण्डको एक मात्र परम कारण मान्दै उनलाई नित्य, शाश्वत तत्वका रूपमा उपासना गर्नु शक्ति उपासनाको मुख्य विशेषता हो ।
प्वाँख (कथा)
“के गर्दै छौ त घट्टे दाइ ?” पिठो पिस्ने पानीघट्ट चलाएकाले हामी उनलाई घट्टे दाइ भन्थ्यौँ ।
समय बदलिएछ ... (कविता)
सम्झेर भन्छु अझै पाप चाहिँ के हो केही भन्नु छैन अब देशभित्र सरकार
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड रुपियाँ
विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गदैँछन ।
चिनियाँ साहित्य नियाल्ने कृति
नेपाल–चीन मैत्री सम्बन्ध निकै पुरानो हो । चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालका हिमाली क्षेत्रको सभ्यता, संस्कृति, जनजीवन र व्यापारको लामो शृङ्खला छ । यस्ता सम्बन्ध राज्यस्तरमा मात्र होइन, नागरिक र सामाजिकस्तरमा समेत रहेको छ ।
जोखिमपूर्ण तरिकाले यात्रु बोक्नेलाई कारबाही
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनका चालकलाई कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरोका चालक कारबाही पर्ने गरेका छन् ।
यात्राको साथी ! [निबन्ध]
तपाईं साइत, दिशा जुराएर कतै पैदलयात्रामा निस्कँदै हुनुहुन्छ भने सकभर दुईखुट्टे दोस्रो प्राणी साथ नलिनु बेस । यदि बेस काम नभए पनि गरेरै छोड्छु भन्नुहुन्छ या तपाईं साथीबेगर घरबाट निस्कनै सक्नुहुन्न भने आफैँलाई साथ लिएर निस्कनुहोला ।
स्याहार्ने बेलाको धान बाढीले लगेपछि किसान चिन्तित
सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका १ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो ।
आध्यात्मिक शक्ति पलाञ्चोक भगवती
समृद्ध सांस्कृतिक र आध्यात्मिक इतिहासका लागि परिचित राष्ट्र नेपालमा असङ्ख्य मन्दिर, तीर्थस्थल र धार्मिक स्थल छन् । यिनले जनविश्वास र अभ्यासलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेका छन् ।
च्याङ्ग्रा व्यापारीको यात्रा: रारादेखि फेवा तालसम्म
उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाउनुभयो ।
शक्तिपीठ मत्सरी दुर्गा मन्दिर
मिथिलामा शक्तिको महत्त्व बढी छ । सम्भवतः माता जानकीको माइती भएका कारणले पनि यस्तो हुन सक्छ ।
शताब्दी पुराना घन्टलेख
मधेश प्रदेशको विभिन्न पालिकामा रहेका पुराना मठमन्दिरमा मकवानी तथा शाहवंशीय राजाले प्रदान गरेका ताम्रपत्रको चर्चा हुने गर्छ । कयौँ मठमन्दिरमा यस्ता ताम्रपत्र अझैसम्म सुरक्षित राखिएका छन् ।
प्रधानमन्त्री उद्धार कोषमा एकाउन्न लाख दिन आग्रह
बाढी, पहिरो र डुबान प्रभावित परिवारलाई राहत दिने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ दिन मधेश प्रदेश सरकारलाई सत्तापक्षीय बैठकले आग्रह गरेको छ ।