मृगलाई हानेको गोली लागेर साथीको मृत्यु
खोटाङमा सिकार खेल्नसँगै जङ्गल गएका साथीले हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । साथीले मृगलाई भनेर हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।
उपनिर्वाचन : जाजरकोटमा उम्मेदवार छनोट गर्दै राजनीतिक दल
जाजरकोटमा दुई वटा पालिकामा हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार टुङ्गो लगाउन थालेका छन् । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका ७ को वडा अध्यक्ष पदमा हुन गई रहेको उपप्रमुख पदका लागि सबै दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
एमाले रेसुङगाको अध्यक्षमा पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङगा नगर कमिटीको अध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । बिहीबार राति सम्पन्न दोस्रो नगर अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित भएको एमाले गुल्मीले जनाएको छ ।
धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कीर्तिपुर उपनिर्वाचन : कांग्रेस–एमालेबिच मुख्य प्रतिस्पर्धा
कीर्तिपुर नगरपालिका प्रमुख पदको उपनिर्वाचनमा सत्तासीन दुई प्रमुुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै प्रतिस्पर्धा हुने भएको छ ।
सामा चकेवा पर्वः दिदी–बहिनी दाजुभाइबीच स्नेहपूर्ण वातावरणको अनुभूति
दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई मधेशमा प्रत्येक साँझ अहिले धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ ।
बिरामीको उपचारमा सक्रिय सुशील कोइराला क्यान्सर अस्पताल
२०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ ।
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको छ ।
जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश
भारतको सर्वोच्च अदालतले दिवालिया जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानूनी प्रक्रिया समाप्त भएको छ ।
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आउनुभएको छ ।
क्याम्पस प्रमुख पद त्यागेर जैविक मल उत्पादनमा
चार दशक लामो शिक्षण यात्राको अन्त्यपछि जैविक मल उत्पादनतिर लाग्नुभएका कपिलवस्तु बुद्धभूमि नगरपालिका –९ बकुलीपुरका शेषराम चौधरी अहिले कृषकहरूका लागि उदाहरण बन्नु भएको छ ।
लोप हुँदै मटाङकाली बत्ती
जिल्लाका नेवार समुदायले प्रयोग गर्दै आएको मटाङकाली बत्ती लोप हुने अवस्थामा पुगेको छ । दसैंलाई विदाइ गरी तिहारलाई स्वागत गर्न घर–घरमा बालिने मटाङकाली अहिले कतै कतै मात्र देखिने गरेको छ ।
चालक निदाएपछि दुर्घटना, मृतकको सङ्ख्या पाँच पुग्यो
नारायणगढ मुग्लिङ सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइ रहेका थप एक घाइतेको शुक्रवार बिहान मृत्यु भए पछि सो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।
अधिकारी, राई र रसाइली पुरस्कृत
गीतकार दिनेश अधिकारी, सङ्गीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका) लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ ।
दुई दर्जन गौरवका आयोजना अलपत्र
लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएका प्रदेश गौरवका आयोजना अलपत्र परेका छन् ।
विद्यार्थीलाई ‘क्लोज क्याम्प’
गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घोराहीनिवासी यशु बुढाथोकीलाई ग्रामीण जीवनका बारेमा धेरै कुरा थाहा थिएन ।
गुरुकुल सञ्चालन गर्न अक्षयकोष
देश तथा विदेशका धार्मिक तथा सामाजिक अभियन्ता, राजनीतिक दलका नेता यतिबेला कालीगण्डकीको उत्तरवाहिनीमा भेला भइरहेका छन् ।
सिरिजङ्गा गोल्ड कप मङ्सिर २३ गतेदेखि हुने
ताप्लेजुङमा आगामी मङ्सिर २३ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा फुटबल प्रतियोगिता र सिरिजङ्गा मेला–२०८१ हुने भएको हो ।
कर्णालीको स्वास्थ्य अवस्था दिगो विकास लक्ष्यमा पुग्नै चुनौती
कर्णालीको स्वास्थ्य अवस्थाको सूचकाङ्कलाई हेर्दा सन् २०३० को दिगो विकास लक्ष्यमा पुग्न चुनौती देखिएको छ ।
‘हामी साथमा छौँ’ भनेर सरकारले झुक्यायो
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई भूकम्प प्रभावित क्षेत्रमा हालसम्म आधुनिक बस्ती विकास र पुनर्निर्माण सकिने आशा लागेको थियो ।
हातमा लालपुर्जा जोतभोग अनिश्चित
लामो प्रतीक्षा र सङ्घर्षपछि सुनसरी दुहबी नगरपालिका–३, भलुवाका खेमनारायण चौधरीले जग्गाको मोहियानी हक प्राप्त गर्नुभयो ।
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा