घाटखोला भएर घोडादाउन्या
मुखैभरि माखैमाखा ! राति नि झिङा भन्केर मुखमा बस्थे । मुख छोपे सास फेर्न गाह्रो हुने– नछोपे मुखमा माखा बसेर हैरान । कत्ति गरे नि म सुत्नै सकिनँ । बिहान चैनपुरबाट आइपुगेथ्यौँ । दिउँसोबाट सुरु भएको धर्म, संस्कृति र कलाको सङ्गम चम्किरह्यो अबेर साँझसम्म । देउडाका चाल नरले नि चाले, नारीले चलाए । ती सुरिला, स्वादिला र सुनिरहँ लाग्ने देउडामा घण्टौँ नाचेँ मै पनि ।
तिमी आऊ,तिमी नआऊ
तिमी नआऊ, होस् तिमी नआऊ यस्तरी पुज्न मलाई, बुझ्न मलाई पूmलहरू चुँड्दै, मुठ्याउँदै श्रद्धा चढाउन होस् नआऊ मलाई । आउँदा दियो र सलाई बोकेर आउँछौ र सलाई कोरेर दियो बालेर मलाई हेर्छौ
अनुबद्ध युवा तिमी
वासना मत्त आवेग कामना तीव्र वेदना अनुशासनको मृत्यु कामकेलि विडम्बना पराग यौन तृष्णा हो पिई कैल्यै नरित्तिने चेतना हो युवाशक्ति पालुवाझैँ नओइलिने
समाचारको धुलो
मस्तिष्क भोजको राजकीय थालीमा सुन्दर मासुका टुक्राहरू राजनीतिको लुतो कन्याइरहेकाहरू परमानन्द ब्रेकफास्टमा
म जुम्ली (कविता)
हो, म जुम्ली हुँ म जुम्लाको नागरिक म जुम्ली हुनुको गर्व म जुम्ली हुनुको स्वाभिमान सगरमाथाभन्दा अग्लो लाग्छ मलाई
ऊ शहीद भयो (कविता)
हटेन ऊ कैले पछि, अन्तिम दमतक लडिरह्यो जबसम्मन पुग्दैनथ्यो, मोर्चातिर बडिरह्यो पढ्नुपर्छ हामीले त्यो, इतिहासका पानाहरू देख्छौ तब कसोगरी, उसले शिखर चढिरह्यो
अन्तिम उज्यालो जस्तो
घाम पोखिएर आकाशको झ्यालबाट बजिरहेका छन् बिहानीका प्रभाती बाँसुरीहरू, छर्लङ्ग देखिन थाल्यो उज्यालो प्रेमको गहिराइहरूमा नीलो भएका
नदीको आत्मा त उसको गहिराइमा छ
नदी बगिरहेको देखिन्छ नदी बगिरहेको सुनिन्छ तर नदी लम्बाइ र चौडाइ मात्र होइन न त दौड्ने गति मात्र हो
श्रीमान्
मैले जिन्दगीमा कयौँ पटक सम्झौता तोडेकी छु सम्झौता तोडेको अभियोग लगायोस् । समयसँगै चल्न नसकेर रहरहरूको हत्या गरेकी छु, हत्यारा आरोप पुष्टि गरियोस् ।