युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग
युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताउनुभएको हो ।
सुडानमा संकटकाल अन्त्यको संयुक्त राष्ट्रसंघद्वारा स्वागत
सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गनुभएको हो ।
सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु
सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ ।
पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की आइपुग्नु भएको छ ।
भारतमा एक दिनमा दुई हजार ३३८ कोरोना सङ्क्रमित
भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
इन्धन खरिदका लागि पचास करोड डलर ऋण दिन भारतसँग आग्रह
देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलव्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ ।
ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित
भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । केही दिनयदेखि यहाँ भारी वर्षा भइरहेको छ ।
विश्व आलु सम्मेलन डब्लिनमा सुरु
आयरल्याण्डको डब्लिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका एक हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।
युक्रेनमा शान्ति स्थापना बारे छलफल
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ
अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदिराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ ।
इन्डोनेसियामा डुङ्गा दुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता
इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपि, ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् ।
खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता
पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिनुभएको छ ।
इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ हराए
इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ ।
भारतमा दुई हजार ७०६ मा कोरोना सङ्क्रमण
भारत २४ घण्टाको समयावधि अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७०६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ५५ हजार ८२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल
साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ ।
रुखमा बस ठोक्किदा आठको मृत्यु २० जना घाइते
यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् ।
ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित
भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।
छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या
पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् ।
पहिरोमा परी चीनमा ८ जनाको मृत्यु
चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
भारत र पाकिस्तानबीच सोमबार नयाँदिल्लीमा वार्ता हुँदै
भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुने भएको छ । वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्या बारेमा छलफल हुनेछ ।
मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह
विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।
चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल
संयुक्त राष्ट्रसङ्घ, जेठ १४ गते । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् । चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियामा सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै सम्बन्धित देशहरूले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने चीनको अभिमत व्यक्त गर्नुभयो । समस्याको राजनीतिक समाधान खोजिनुपर्ने, हालको अवस्थामा, प्योङयाङविरुद्ध थप प्रतिबन्धहरूले समस्या समाधानमा मद्दत नगर्ने बरु थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउने राजदूत झाङले बताउनुभयो । कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धहरूले ठूलो मानवीय प्रभाव पार्ने उहाँले उल्लेख गर्नुभयो । चीनले परिषद्को एकता र सहयोगलाई ठूलो महत्त्व दिन्छ, वर्तमान परिस्थितिमा परिषद्ले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वमा बाधा पुर्याउने विषयमाथि विमर्श हुनुपर्ने तथा उत्तर कोरियाका जनताले सामना गरिरहेका जीविकोपार्जनका समस्याका बारेमा चिन्तित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रायद्वीपको अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै राजदूत झाङले चीनले फेरि पनि सबै पक्षलाई शान्त र संयमित हुन आह्वान गरेको र अमेरिकी पक्षलाई उत्तर कोरियाप्रतिको आफ्नो नीतिमा लाई गम्भीर भएर चिन्तन गर्न आह्वान गर्नुभयो । साथै उहाँले वार्ता पुनः सुरु गर्नका लागि वातावरण बनाउन आग्रह गर्नुभयो । चीनले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम गर्न र आणविक निःशस्त्रीकरणलाई साकार पार्न रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँचवटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ ।
अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गर्नुभएको छ ।
पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ।