• ११ पुस २०८१, बिहिबार

इथियोपियामा पुनः हिंसा बढेकामा संयुक्त राष्ट्रसङ्घीय महासचिव स्तब्ध

blog

संयुक्त राष्टसंघ, भदौ ९ गते । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु । उहाँका गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ ।’’

उहाँले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्तिवार्ताका लागि पनि जोड दिनुभएको छ । तर वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका विद्रोहीहरु नरहेका अधिकारीहरुले जनाएका छन् ।

इथियोपियामा हिंसा गरिरहेका टिगरे पिपुल्स लिबरेसन फन्ट, टिपीएलएफले यहाँ केही वर्षयतादेखि हिंसा मच्चाइरहेको छ । उनीहरुको सशस्त्र विद्रोहमा परेर कैयौँ नागरिकको ज्यान पनि गएको छ । संयुक्त राष्ट्रसङ्घले पटक पटक यहाँ शान्ति स्थापनाका लागि सरकार र टिपिएलएफका बीचमा वार्ता गर्न आग्रह पनि गरिरहेको छ ।

केही दिनयतादेखि यहाँको सरकारले वार्ताका लागि गरेको आग्रहलाई बुधबार सो विद्रोही समूहले अस्वीकृत गरेको छ । उता संयुक्त राष्ट्रसङ्घले भने शान्तिवार्तामा जोड दिँदै आएको छ । किनभने टिगरेलगायतका यहाँका कतिपय स्थानमा जारी रहेको हिंसाका कारण मानवीय सहायता लिएर गएका सहायताकर्मीलाई पनि सहायता बाँड्न दिएका छैनन् ।

संयुक्त राष्टसङ्घका कैयौँ कर्मचारी यहाँका विद्रोहीहरुले नियन्त्रणमा लिने र खाद्यान्नलगायतका सहायता सामग्री पनि लुट्ने गरेका छन् । रासस/सिन्ह्वा