थप १५ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४५० जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको हो ।
चुनावका कारण स्थानीय नागरिक नभएपछि प्रहरीद्वारा सुत्केरी महिलाको उद्धार
वासुदेव शर्माजाजरकोट, वैशाख २३ गते । जाजरकोटमा प्रहरीले सुत्केरी महिलाको उद्धार गरेको छ । कुशे गाउँपालिका ८ औलिजाकी दूर्गा रोकायलाई प्रहरीले उद्धार गरेको हो । स्थानीय निर्वाचन नजिकिएसँगै चुनाबको रौनक छाएपछि स्वास्थ्य चौकीसम्म लैजाने स्थानीय नागरिक काेही नभएका कारण प्रहरीले स्वास्थ्य चौकी लिएको थियो । कुशे ८ औलिजा बस्ने २८ वर्षीय दूर्गा रोकाय लामो समय सुत्केरी व्यथाले छट्पटाई रहुनभएको थियो । प्रहरी चौकी पैकबाट प्रहरी सहायक निरीक्षक गंगाबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले उहाँलाई स्वास्थ्य चौकीसम्म उद्धार गरेको थियो ।
मिडवाइफको सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम
मिडवाइफ (दक्ष प्रसूतिकर्मी)को सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम भएको तथ्यांकले देखाएको छ । विश्वमा हरेक वर्ष करिब दुई लाख ९० हजार महिला र ३० लाख नवजात शिशुहरुको मृत्यु गर्भवती, प्रसव तथा सुत्केरी अवस्थामा आउने जटिलताका कारणले हुने गर्दछ ।
मधेस प्रदेश कोरोनामुक्त : ८२ प्रतिशतले लगाए पूर्ण खोप
मधेस प्रदेश कोरोना सङ्क्रमणमुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो ।
बहसमा दुई दिने साप्तहिक बिदा : स्वास्थ्य संस्था अन्योलमा
नेपाल सरकारले परीक्षणका लागि जेष्ठ १ गतेदेखि हप्तामा दुई दिन साप्तहिक बिदा दिने निर्णय गरेको छ । तर सरकारको यो निर्णय नै अन्याेलमा पर्ने अवस्था आएको छ ।
२४ घण्टामा १९ जनामा सङ्क्रमण, एकको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।
परीक्षण गरे १० वर्ष अगाडि पत्ता लाग्नसक्छ पाठेघरको क्यान्सर
पाठेघरको मुखको क्यान्सरको समस्या नेपाली महिलाका लागि नयाँ होइन। नेपालमा यो समस्याबाट ठूलो संख्यामा महिला पीडित छन्।
थप २९ जना सङ्क्रमित, २३ सङ्क्रमण मुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको हो ।
अटिजम कुनै रोग होइन, यो बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो
बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।” यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ । जसले गर्दा उनीहरु कक्षामा पनि आफ्ना अरु साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन् ।