तालमेल भएका सहरमा बढी बदर
गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ । त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।
जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने
चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालार्ई टक्कर दिन विश्वका शक्तिशाली देशका नेतृत्वले कोष खडा गरेका छन् । समाचार एजेन्सीका अनुसार जर्मनीमा जारी सात औद्योगिक राष्ट्रको समूह (जी ७ )को सम्मेलनले सरकारी तथा निजी साझेदारीमा विकासशील देशहरूमा पूर्वाधार विकासमा पाँच वर्षमा खर्च गर्ने गरी छ खर्ब अमेरिकी डलर बराबरका लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यसमा अमेरिका एक्लैले दुई खर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा अमेरिकाका राष्ट्रपति जो बाइडेनले गर्नुभएको छ ।
लागूऔषध ट्रान्जिटको जोखिममा नेपाल
करिब पाँच केजी लागूऔषध हेरोइनसहित बौद्धबाट तान्जानियाका नागरिक अब्दुल्लाह अबुलिकी असार ३ गते पक्राउ परे । दक्षिण अफ्रिकाको जोहानसबर्गबाट दुबई हुँदै काठमाडौँ आएका अबुलिकीलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बौद्धस्थित एक होटलबाट चार केजी नौ सय ग्राम हेरोइनसहित नियन्त्रणमा लियो ।
ओटीपी नै ‘बाइपास’ !
अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ ।
घट्यो सवारीसाधनको भाडा
सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।
अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको अध्याय समाप्त
काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको र स्थायी संरचना पनि निर्माण भइसकेको हुनाले अहिलेकै नक्सामा सो आयोजनालाई अगाडि बढाउन नसकिने विभिन्न सरोकारवालाको दाबी रहेको छ ।
महानगरपालिकाको बजेट, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा
मुलुकका छवटा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गरेका छन् । ७५३ स्थानीय तहमध्ये छवटा महानगरपालिका विराटनगर, वीरगञ्ज, काठमाडौँ, ललितपुर, भरतपुर र पोखराले शुक्रबार आव २०७९÷८० को बजेट सार्वजनिक गरेका हुन् ।
बन्चरेडाँडा जान फोहोरको ६५ किमि यात्रा
काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङको भूबनोट उस्तै छ । निकटतालाई हेर्ने हो भने पनि काठमाडौँसँग नुवाकोट र धादिङ जोडिएका छन् तर काभ्रे र काठमाडौँको बीचमा अर्को जिल्ला भक्तपुर पर्छ तर काभे्रको जुठेल्नो नुवाकोट र धादिङ बन्दै आएको छ । करिब ६५ किलोमिटरको दूरीमा रहेको नुवाकोटका ल्यान्डफिल साइट नुवाकोटको सिसडोल तथा धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा काभ्रेको बनेपा नगरपालिकाको फोहोर चार वर्षदेखि विसर्जन हुँदै आएको छ ।
घरकै खानाबाट पनि सर्न सक्छ हैजा
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।