मतदाता शिक्षा कार्यक्रम सुरु
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि देशभरि एकैसाथ उक्त कार्यक्रम सुरु गरिएको आयोगले जनाएको छ ।
गुल्मीमा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन
फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतपत्र बदर हुन नदिन गुल्मीमा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ ।
चुनावी प्रचारप्रसार सुरुः सभा र जुलुसका लागि प्रशासनको अनुमति अनिवार्य
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चुनावी सभा गर्दा प्रशासनलाई खबर गर्न आग्रह गरेको छ । यही फागुन २१ गते हुन गइरहेको निर्वाचन कार्यतालिका अनुसार सोमबारबाट प्रचारप्रसारका लागि जुलुस, आमसभा तथा कोणसभा गर्न पाइने व्यवस्था रहेको छ ।
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।
प्रतिनिधि सभा निर्वाचन : मुख्य प्रचारप्रसारका कार्यक्रम खुला
प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् । निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाले आमसभा, कोणसभा तथा जुलुस प्रतिबन्धित थिए । सामूहिक घरदैलोलगायतका कार्यलाई पनि निर्वाचन आचारसंहिताले बन्देज गरेको थियो । आचारसंहिताको व्यवस्थाका कारण राजनीतिक दलले ठुला सभालगायतका कार्य गरेका थिएनन् ।
उम्मेदवारको क्षमता पहिचान गर्ने कसरतमा मतदाता
‘फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सबैले भाग लिऔँ अनि मतदान गर्न आवश्यक कागजपत्र आजैदेखि जोहो गर्न थालौँ ।’ नेपाली झन्डा फहराउँदै गुडेको टुकटुक टेम्पोमा मतदाता शिक्षकले झापा क्षेत्र नम्बर ५ को कमल गाउँमा आइतबार दिउँसो मतदातालाई यसै गरी आह्वान गर्न सुरु गरे ।
प्रलोपाको घोषणापत्र सार्वजनिक
‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
‘मतदाताले शान्ति, स्थायित्व र विकास चाहेका छन्’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले मुलुकको शान्ति, स्थायित्व र विकास चाहेको बताएका छन् । आफ्नो क्षेत्रका टोलबस्ती पुगेर मतदातासँग संवाद गर्नेक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेमकिपाको घोषणापत्र: भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरौँ
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
निर्वाचनमा महिलामैत्री वातावरणबारे सर्वेक्षण गर्न आव्हान
राष्ट्रिय महिला आयोगले निर्वाचनमा खटिएका पर्यवेक्षक तथा सम्वन्धित सबै सरोकारवालाले निर्वाचन महिला, बालबालिकामैत्री वातावरणबारे पनि सर्वेक्षण गर्न आव्हान गरेको छ ।
विकास कार्यक्रम कटौती गर्नु अनुचित : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकारमा रहँदा विकास निर्माणका लागि छुट्याएको कार्यक्रम वर्तमान सरकारले हटाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । संसदबाट अनुमोदन भएको बजेटका विकास कार्यक्रम कटौती गर्नु अनुचित काम भएको उहाँको भनाइ छ ।
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य होः सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताउनुभएको छ।
रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुथा उत्तरगङ्गा गाउँपालिका–६, मयाङमा भेटघाट गर्नुभएको छ ।
उपाध्यक्ष गुरुङ जनताको रोजाइको नेता : घले
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पृथ्वीसुब्बा गुरुङ लमजुङको माटोसँग घुलमिल नेता हुनुभएकाले उहाँलाई जनताले सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
पोख्रेली व्यावसायिक घराना कर्माचार्य ग्रुपद्वारा स्थापित स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा ‘स्व. लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौला पीडित सहयोग कोष’ ले शनिबार मिर्गौला रोगीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
बाँकेमा निर्वाचन सुरक्षा लक्षित प्रहरी गस्ती
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले बाँकेमा निर्वाचन लक्षित गस्ती तीव्र पारेको छ ।
दोहोरिने दाउमा बैरागी, रोक्ने कसरतमा तीन दल
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा तीन निर्वाचन क्षेत्र छन् । कास्की निर्वाचन क्षेत्र नं. ३ मा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका सबै भूभागसहित पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् ।
नेपाललाई अस्थिर बनाउने प्रयास भएको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।
नेकपा उम्मेदवार तामाङको ‘झापा ५ : भिजन ७’ सार्वजनिक
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।
आशीर्वाद लिँदै उम्मेदवार, विकासे प्रतिवद्धता माग्दै मतदाता
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा चुनावी माहोल तातेको छ । उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् ।
राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्रित भएर आयोगले यस्तो निर्देशन दिएको हो।
निर्वाचन सुरक्षाका लागि उपल्लो मुस्ताङमा संयुक्त गस्ती
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षितगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुरक्षा निकायले संयुक्त गस्ती सुरू गरेका छन् ।
काठमाडौँका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु
यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ।
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ ।