भूकम्प गएको नौ वर्षमा पनि पूरा भएन पुनर्निर्माण
विनाशकारी भूकम्प गएको नौ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पका कारण आठ हजार बढी मानिसले ज्यान गुमाएका थिए ।
नेपाल र कतारबिच दुई सम्झौता, ६ समझदारी
नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा दुई सम्झौता र ६ समझदारी भएको छ । बुधबार दुई देशबिच सरकारी तहमा ६ र निजी क्षेत्रसँग दुई वटा गरी आठ वटा सम्झौता र समझदारी भएको हो ।
कतारका अमिर भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर बुधबार स्वदेश फर्किनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
नेपाल र कतारबिच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
नेपाल र कतारबिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अमिर शेखबिचको भेटवार्ता सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
भूकम्पसँगै बहुप्रकोप जोखिम बढ्दै छ : डा. देवकोटा
विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटाले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण कार्य असफल भएको बताउनुभएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएर ७ दशमलव ८ रेक्टरको भूकम्प स्मरण गर्नुहुँदै उहाँले भूकम्प फेरि आए विगतकै परिणामको क्षति दोहोरिने बताउनुभयो ।
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभएको छ ।
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
विमानस्थलमा कतारका अमिर शेखको स्वागत (फोटो फिचर)
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ।
कतारका अमिर शेख काठमाडौँमा
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्नु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ ।
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ ।
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वावार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
‘इच्छा सूची’ होइन, व्यावहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
‘समस्या आउन नदिन बेलैमा आँखाको उपचार’
विद्यालय जाने उमेरका बालबालिकाको आँखा जाँच गराउन चिकित्सकको सुझाव छ । आँखा रोग विशेषज्ञ डा.सञ्जीव भट्टराईले विद्यालय जाने उमेरका बालबालिकाको विद्यालय जानुभन्दा पहिले आँखा जाँच गराउन आग्रह गर्नुभयो ।
गणतन्त्र सबलीकरणमा सबै शक्ति एक ठाउँ उभिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको छ।
पर्खालमा कोरिएका चित्र : सन्देशसँगै सौन्दर्य
काठमाडौँ महानगरका विभिन्न ठाउँका पर्खाल तथा भित्ताहरू अचेल सन्देशमूलक चित्रकलाले सजिएको छ । बाटोका यात्रु तथा सर्वसाधारण ती चित्रकला हेरेर तथा फोटो खिचेर रमाउने रमाउने गरेका छन् ।
पूर्व राष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित
नेकपा (एमाले) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर एमालेले उहाँलाई सो सम्मान प्रदान गरेको हो ।
दिवंगत कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताउनुभएको छ ।
बढ्दो आगलागी घटना: पाँचको मृत्यु, साढे ११ करोड क्षति
गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ ।
मनाइयो तेमाल जात्रा (फोटो फिचर)
रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा सोमबार मनाइएको छ ।
सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
कतारका अमिरको भ्रमणमा विपिन रिहाइ पनि मुद्दा उठाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेन्डामा राखिएको बताउनुभएको छ ।
प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनुभएको छ ।