बङ्गलादेशमा अन्तरिम सरकार बन्ने : सेना प्रमुख
बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा अन्तरिम सरकार बन्ने बताउनुभएको छ ।
बङ्गलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ ।
दूतावाससँग समन्वय नगरी बङ्गलादेश नछाड्न नेपाली विद्यार्थीलाई आग्रह
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।
पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि
दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुईसमेतको हो ।
बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ५० जनाको मृत्यु
प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
नेपाली काँग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ ।
प्रधानमन्त्रीले माग्नुभयो पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको योजना
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग्नुभएको छ।
नेकपा एसको केन्द्रीय कमिटी ३४४ सदस्यीय
नेकपा (एकीकृत समाजवादी) ले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ।
सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दे पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को माग बमोजिम मार्ग प्रशस्त गरेको बताउनुभयो।
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई तोकियो जिम्मेवारी
लुम्बिनी प्रदेशका आठ जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाउनुभएको छ । बिनाविभागीय मन्त्रीमा नियुक्त भएको १० दिनपछि उहाँहरूले मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रूपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न माग गरेको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।
ठूलो परिणाममा लागूऔषधसहित होटल सञ्चालक प्रक्राउ
लागूऔषध बिक्री गर्दै गर्दा पोखरामा होटल सञ्चालक र म्यानेजरलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक
सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ ।
एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत
नेकपा (एमाले) ले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको हो ।
डिआइजी केसीको सरुवा सामान्य प्रक्रिया : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले डिआइजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गर्नुभएको छ ।
टेलिकमको प्याकेज खरिद र व्यालेन्स रिचार्ज सेवा प्रभावित हुन सक्ने
नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा प्रभावित हुन सक्ने जनाएको छ ।
मन्त्रिपरिषद् बैठकका आठ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण
डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।
मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दो
वर्षायामसँगै डेंगुको सङ्क्रमण बढ्न थालेको छ ।
दक्षिण भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५१ पुग्यो
भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ ।