कांग्रेसले सातै प्रदेशमा निर्वाचन समीक्षा गर्ने
नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न सातै प्रदेशमा विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा प्रान्तको सुरक्षा संरचना र औद्योगिक पूर्वाधारमा क्षतिको सङ्केत देखिएको छ । प्रारम्भिक विवरण अनुसार आक्रमणले प्रान्तका प्रमुख सैन्य बेसलाई लक्षित गरेको देखिन्छ, तर क्षतिको परिमाण र हताहतको विवरण अझै स्पष्ट भएको छैन ।
सानो भर्याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ
काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।
श्रमिकका लागि खुसीको खबर : स्वास्थ्य परीक्षणमा अब सिन्डिकेट अन्त्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।
प्रधानमन्त्री कप : कोशीमाथि पुलिसको सानदार जित
वीरगन्जस्थित नारायणी क्रिमेट मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले कोशीलाई ६ विकेटले हरायो । जितका लागि एक सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध
आज (बुधबार)देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।
संसद् बैठकको कार्यसूची बुधबार आउँदै
सङ्घीय संसदको दुबै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुबै सदनको बैठक आह्वान भएपछि संसद संचिवालयले आज (बुधबार) सिट व्यवस्थापनको कार्य गर्ने जानकारी संसदका प्रवक्ता एकराज गिरीले दिनुभयो ।
बर्डफ्लुले पूर्वी नेपालको पोल्ट्री व्यवसाय संकटमा
कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु संक्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ ।
काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उहाँलाई पक्राउ गरेको हो ।
घुस लिएर लाइसेन्स पास, प्रमुखको जिम्मेवारी खोसियो
इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मा लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकालाई समेत सेटिङ मिलाएर पास गराउने गरिएको रहस्य बाहिरिएको छ ।
अहिंसाको शिक्षाले करुणा बढाउँछः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिनुभएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भानुआटुमा शक्तिशाली भूकम्प
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले क्षेत्रीय स्तरमा मध्यम कम्पन महसुस गराएको छ ।
एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।
छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश
सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ माग गरेको छ ।
जबरजस्ती करणी आरोपमा उद्योगी पक्राउ
जबरजस्ती करणी आरोपमा झापाका स्थापित उद्योगी प्रदीप मित्तल पक्राउ परेका छन् । सोमबार बिहान उनलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको हो ।
सडक ऐनको संशोधन विधेयक पारित
गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
युवती जलाएर मार्नेलाई कडा कारबाहीको माग
नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरमा एकजना महिलालाई जलाएर हत्या गरिएको घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग र दवाव बढ्दै गएको छ ।
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ ।
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति
सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ ।
आज दुई प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।