‘नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामा’
नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ ।
गौरनटोलमा उज्यालो औंसी
सिन्धुलीको कमला खुँज क्षेत्रमा २०३५ सालतिर भिमान गौरनटोलका रघुनाथ कोइरालाको हत्या गरिएको थियो । राजनीतिक रंग दिइएको यो हत्याले गाउँमा त्रास फैलियो । परिवार विस्थापित भए । त्यहि वास्तविक घटनाको पृष्ठभूमिमा अनिता कोइरालाले लेख्नुभएको उज्यालो औँसी उपन्यासको परिचर्चा गरिएको छ ।
पारा तेक्वान्दो टोली मङ्गोलिया जाँदै
आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार मङ्गोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ ।
महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने
राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ ।
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय
नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ ।
गोरखापत्र सञ्चालक समिति सदस्यमा गुरुङ मनोनीत
गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव राकेश गुरुङ नियुक्त्त हुनुभएको छ ।
कारागारबाट फरार कैदी असन चोकबाट पक्राउ
कारागारबाट भागेर फरार भएकी २५ वर्षीया सपना तामाङलाई प्रहरी पक्राउ गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड यसै महिना
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कार्यान्वयनमा जोड
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषय उत्कृष्ट भएकाले व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ।
अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत बजेटको एक प्रतिशत छुट्याउन पुनको माग
प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि
राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा(कर प्रस्ताव बाहेक) सभामा जारी छ ।
कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ ।
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।
प्रतिनिधिसभा बैठक : संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग
संसद्मा समाचार सङ्कलन गर्ने पत्रकारका लागि सहज रूपमा काम गर्ने व्यवस्था गर्न सांसदले माग गरेका छन् ।
नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित
नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ ।
मालपोत कार्यालयका सुब्बाविरुद्ध दुई लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, भैरहवा रूपन्देहीमा कार्यरत ओम बहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण
नेपाली साहित्य, सङ्गीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ ।
स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग–२ मा नेपालले सोमबार स्कटल्यान्डलाई ६ विकेटले हरायो । जितसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ ।
एक दिवसीयमा सन्दीपको विश्व कीर्तिमान
नेपाली टोलीका पूर्व कप्तानसमेत रहनुभएका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनुभएको हो ।
अध्यक्ष ओली निवास गुण्डुमा एमाले सचिवालय बैठक
नेकपा (एमाले)को सचिवालय बैठक सुरुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु भक्तपुरमा बैठक सुरु भएको अध्यक्षको सचिवालयले जनाएको छ । नेतृत्व परिवर्तन र जिम्मेवारीको बहस पार्टीभित्र चलिरहेका बेला बसेको सचिवालय बैठकले ठोस निर्णय गर्ने बुझाइ एमालेजनको छ ।
संसद् बैठक नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले स्वीकृत
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ । सांसदहरूले समितिको मस्यौदा प्रतिवेदनमाथि धारणा राख्नुभएपछि सभामुख डोलप्रसाद अर्यालले बैठकमा सोमबार स्वीकृतिका लागि निर्णयार्थ पेश गर्नुभएको थियो ।
विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य
आइसिसी विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपाललाई जितका लागि एक सय ९५ रनको लक्ष्य दिएको छ ।
असार अघि नै मल, बिउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग
सांसदहरूले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बिउ र कृषि औजारको व्यवस्था गर्न माग गर्नुभएको छ ।