‘तमु ल्होसार’ले नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ले नेपालीबिच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
जेनजी सहिदहरूको स्मृतिमा ‘नदबिने आवाज’
नयाँ बानेश्वरमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना गरिएको छ । संसद् भवनअगाडिको सडकपेटीमा विभिन्न कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना गरिएको हो ।
‘हिमाल वारिपारिको संवाद’
चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा चीनको बेइजिङमा ‘हिमाल वारिपारिको संवाद : चीन–नेपाल थाङ्का तथा पौभासङ्ग्रह’ विमोचन तथा कला प्रदर्शनी सम्पन्न भएको छ ।
एघार हजारलाई स्वरोजगार बनाउने लक्ष्य
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले गत आर्थिक वर्ष २०८१/८२ मा रोकिएको स्वरोजगार कर्जा वितरण गर्न लागेको छ । कोषमा झन्डै एक वर्ष कार्यकारी उपाध्यक्ष नहुँदा गत आवमा कर्जा वितरणको काम रोकिएको थियो । गत भदौमा कोषमा नयाँ कार्यकारी उपाध्यक्ष नियुक्ति भएपछि कर्जा वितरणको काम सुरु हुन लागेको हो । कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेलल गत आवमा कर्जाका लागि ४३३ सहकारी संस्थाको प्रस्ताव आएकोमा हाल अध्ययन अनुसन्धान भइरहेकाले तोकिएको मापदण्ड पूरा गरेकालाई जतिसक्दो छिटो कर्जा वितरण गरिने जानकारी दिनुभयो ।
समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस् : कार्यवाहक सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।
सञ्चित कोष एक खर्ब नौ अर्बले घाटामा
लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्दा तिनै तहका सरकारको सञ्चित कोष घाटामा रहेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाल र महालेखा परीक्षक तोयम रायसमक्ष प्रस्तुत गरेको गत आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरणले सञ्चित कोष एक खर्ब आठ अर्ब ९९ करोड रुपियाँले घाटामा देखाएको हो ।
रामकोटको अर्को फार्मको रायोमा पनि उच्च विषादी
नागार्जुन नगरपालिकास्थित रामकोटको अर्को कृषि फार्ममा उत्पादित रायो सागमा पनि उच्च विषादी फेला परेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको मोबाइल भ्यान खाद्य प्रयोगशालासहितको टोलीले काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटका कृषि फार्मको स्थलगत अनुगमन गरी रायोको साग र गोलभेँडामाको परीक्षण गर्दा उच्च विषादी भेटिएको हो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
आयोगले तोक्यो खर्च सीमा
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।
सङक्रमणकालीन न्याय : आयोगबाट काम नभएको गुनासो
सङ्क्रमणकालीन न्याय व्यवस्थापनका लागि गठन भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट काम हुन नसकिरहेको सरोकारवालाको गुनासो छ ।
विद्यार्थी ठगी प्रकरण : छानबिन गर्दै सिआइबी
उच्च शिक्षा अध्यननका नाममा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर ठगिएका विद्यार्थीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन सुरु गरेको छ ।
जिल्ला न्यायाधीशमा बिस जना सिफारिस
न्याय सेवा आयोगले जिल्ला न्यायाधीशमा २० जनाको नाम सिफारिस गरेको छ । खुला तथा समावेशी समूहबाट पदपूर्तिका लागि २१ जनाका लागि आवेदन माग भएकामा २० जनाको नाम सिफारिस भएको हो । खुला, आन्तरिक खुला र समावेशी गरी लिखित परीक्षामा २७ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए । लिखित परीक्षाको अङ्क र अन्र्वार्तापछि आयोगले एकमुस्ट रूपमा सोमबार न्यायाधीशका लागि सिफारिस गरेको हो ।
रास्वपा र उज्यालो नेपालबिच एकता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच सातबुँदे सहमतिपछि एकता भएको छ । रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच सोमबार राति एकतामा हस्ताक्षर भएको हो ।
समानुपातिकमा तीन हजार दुई सय जनाको बन्दसूची पेस
राजनीतिक दलहरूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगको निर्वाचन तालिकाबमोजिम नै निर्वाचन कार्यक्रम अगाडि बढेसँगै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको संशयसमेत हटेको छ ।
‘भविष्यको चिन्ताले पिरोलिरहन्छ’
जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका प्रकाश बोहोरा राष्ट्रिय ट्रमा सेन्टरको चौथोतलामा पाँच महिनादेखि उपचार गराइरहनुभएको छ । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा घाइते हुनुभएका बोहोरालाई चिकित्सकले उहाँको उपचारका लागि पाँच वर्षको उपचार योजना सुनाएपछि भविष्यप्रतिको चिन्ताले उहाँका मनमा गम्भीर चिन्ता छाएको छ ।
कार्यालय सहयोगीले नै घुस लिएको अभियोग
यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगीले घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
सुनजस्तै धातु देखाई पाँच लाख ठगी गर्ने चारजना पक्राउ
सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण सहमति
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सुदृढीकरण तथा समाजवादको दिशामा अग्रसर हुने साझा उद्देश्यका साथ दुवै पार्टीबीच सहमति–पत्रमा हस्ताक्षर गरिएको हो।
काठमाडौंमा बालबालिकाको चित्रकला प्रदर्शनी
नेपाल, भारत र बंगलादेश गरी तीन देशका बालबालिकाको चित्रकला प्रदर्शनी सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ’ ले सो चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
गृहसचिव श्रेष्ठले गर्नुभयो पदभार ग्रहण
गृह मन्त्रालयमा सरुवा भएर आउनुभएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गर्नुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आउनु भएका गृह सचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई जानुभएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गर्नुभएको कार्यप्रति धन्यवाद दिंदै बिदाइ गर्नुभएको थियो।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने चटाराे
दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४:०० बजेअघि नै आयोग पुगेका थिए । आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन् ।
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गर्नुभएको छ ।
चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।
एनभिए कप : उपाधि दाबेदार आर्मी क्वार्टरफाइनलमा
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सोमबार भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो ।