पानी नपर्दा खेतको धानबाली सुक्यो, किसान मर्कामा
सर्लाहीसहित तराईका जिल्लामा लामो समयदेखि पानी पर्न छाडेपछि रोपेको धानबाली सुक्न थालेको छ । धान सुक्न थालेपछि किसान चिन्तामा परेका छन् । बेलाबेलामा सिमसिमे पानी परे पनि ठूलो वर्षा नभए पछि रोपिएका धानबाली सुक्न थालेका छन् । पानी नपर्दा धान खेतमा धाँजा फाटेको किसानले बताएका छन् ।
नेपालगञ्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभावका कारण दुई वर्षदेखि विभिन्न १२ प्रकारका जडिबुटी भारत निकासीमा रोक लागेको छ । जडिबुटी ब्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार भारततर्फ निकासी गर्न नपाएपछि नेपालगञ्ज र आसपासका क्षेत्रमा करिब एक हजार टन जटिबुटी गोदाममा थन्किएको छ । देशभर करिब दुई हजार टन जडिबुटी ब्यवसायीका गोदाममा थन्किएको सङ्घका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिनुभयो ।
१२ करोड बढी लागतमा निर्मित कञ्चन बाँधको उदघाटन
संघीय सार्बजनिक लेखा समिति सभापति भरतकुमार शाहले रुपन्देहीको कञ्चन बाँध सिंचाई आयोजनाको बिहीवार उदघाटन गर्नुभएको छ । १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी लग्ने र त्यहाँबाट सिंचाई योजनाहरु सञ्चालन गर्ने आयोजनाको उद्देश्य रहेको छ ।
बाख्रापालनबाट मनग्य आम्दानी
मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आउनुभएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लाग्नुभएको छ । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लाग्नुभएको छ ।
नीलो आकाश र बादलको घुम्टोमुनि लहलहाउँदो धानबाली
बैतडीको पाटनमा हरियाली भएको धानबाली । पाटन धान उत्पादनको पकेट क्षेत्र पनि हो ।
पानी नपर्दा खेतमा धानबाली सुक्यो, उत्पादन घट्न सक्ने
वर्षा नहुँदा रुपन्देहीका किसानले खेतमा लगाइएको धानबाली काटेर चौपायालाई खुवाउन थालेका छन् । खेतमै धानबाली सुक्न थालेपछि कम्तिमा चौपायालाई काम लाग्ने भन्दै किसानहरुले धानबाली काट्न थालेका हुन् ।
माटो जोगाउने अभियान देश र जनताका लागि : मन्त्री राई
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको जनाउनुभएको छ । उहाँले माटोको विभिन्न मानवीय गल्तीका कारण माटोको उर्वराशक्ति घट्दै जानु भविष्यका लागि निकै चिन्ताको विषय भएको जनाउँदै माटोको संरक्षण र सम्वर्धन गर्न सबै नेपाली जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
‘पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पर्दा घरबारी बगाउने त्रास’
यसपालि बर्खायाममा पनि राम्ररी पानी परेन । असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक । भदौ लागेपछि त झन चैत÷वैशाखको झैं तातो बतास चल्दैछ । पानी पर्ने लक्षण देखिँदैन । राम्ररी पानी नपर्दा महोत्तरीका किसानले अपेक्षित रुपमा मुख्यबाली धान रोप्न पाएका छैनन् ।
धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या
रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उहाँको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उहाँ खुसी हुनुहुन्छ ।