भर्खरै सम्पन्न भएको निर्वाचनपछि बस्ने सङ्घीय संसद्को पहिलो बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्ने भएको छ ।
आगामी आइतबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० प्रतिशत अंकभारको नियम लागू हुने भएको छ।
पहिलो चरणमा १६ हजारको कोरोना बीमाको भुक्तानी हुने भएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवासहित केही मन्त्रीहरू निर्वाचित हुँदा केही पराजित हुनुभएको छ ।
आइतबार (आज) प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन एकैसाथ भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनको सुरक्षा व्यवस्था कडा रहेको नेपाल प्रहरीले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान हुनेभएको छ । सो विमानस्थमा मंसिर ५ गतेदेखि ११ गतेसम्म परीक्षण उडान हुने तय भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।
राजधानी ल्याउनका लागि मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा पुगेको छ । वर्षाको कारण अवरुद्ध रहेको मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि काम सुरु भइरहेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मंसिर १४) गते यान्त्रिक परीक्षण गर्ने तयारी भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मंसिर १४ गते यान्त्रिक परीक्षण उडान गर्ने गरी तयारी अघि बढेको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा रहेको प्रसिद्ध पर्यटकीयस्थल नगरकोट जाने सडकको अवस्था बेहाल छ । वर्षौदेखि निर्माणकार्य सम्पन्न नहुँदा भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने सडक धुलाम्मे बनेको हो।
सरकारले धानको समर्थन मूल्य तोकेको छ। कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गतवर्षको तुलनामा यस वर्ष सरकारले धानको समर्थन मूल्य केही बढी तोकेको छ।
सरकारले धानको समर्थन मूल्य अहिलेसम्म न तोकेपछि किसानलाई मर्का परेको छ । गत साल भदौमा धानको समर्थन मूल्य तोकेको सरकारले यस वर्ष मूल्य तोक्न अलमल गरेको देखिएको छ ।
काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अण्डरग्राउण्ड सडक निर्माण गर्न लागेको हो । पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ ।
नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने विषयमा सडक विभाग पछाडि हटेको छ । गत असोज ९ गते सूचना निकालेर काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको विभागले अहिले भने काम गर्नका लागि केही समय थप गरेको छ ।
कोरोना बीमाका बिमितलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपियाँ वितरण गरिने भएको छ । सरकारले एक अर्ब रुपियाँ निकासा गरिदिएपछि बीमा कम्पनी, पुनर्बिमा कम्पनी र बीमा समितिबाट कुल ८१ करोड थपगरी एक अर्ब ८१ करोड रुपियाँ बिमितलाई वितरण गरिने बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो ।
पोहोरको तुलनामा यो वर्ष काठमाडौंमा जग्गाको कारोबार घटेको छ । गत आर्थिक बर्ष २०७८-७९ को असोज महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९-८० को असोज महिनामा घरजग्गा कारोबार ५७ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।