भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको अमेरिका–यात्राले यसअघिका भ्रमणहरूको दाँजोमा बढी महत्त्व पाएको टड्कारै देखिन्छ । औपचारिक रूपमा बुधबर आरम्भ भई शुक्रबारसम्म रहने मोदीको प्रवासलाई ‘राजकीय’ स्तर प्रदान गरिएको छ । तसर्थ स्वागत–सम्मान तदनुरूपको हुने नै भयो । साथै, मोदीलाई दोस्रोपल्ट अमेरिकी संसद् (कङ्ग्रेस) लाई सम्बोधन गर्ने विशिष्ट अतिथि हुने अवसर उपलब्ध गराइयो । अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनसँगको भेटवार्ताले विश्वका दुई ठुला लोकतन्त्रलाई
अखबारलाई इतिहासको पहिलो मसौदा मान्ने विश्वभरकै प्रचलन हो । अर्थात् छापा माध्यमलाई सर्वत्र नै ताजा समाचारको स्रोत मात्र होइन, इतिहासकारको पहुँचमा रहने अभिलेखालय समेत मानिन्छ । छिमेकी भारतका पत्रकार बी.जी.भर्गीज (सन् १९२७–२०१४) ले आफ्नो संस्मरणात्मक पुस्तकको नाम नै पहिलो मसौदा ‘फस्र्ट ड्राफ्ट’ राखेका थिए । बेलाइत, अमेरिका, अष्ट्रेलिया जस्ता देशहरूमा पनि त्यहाँका केही प्रमुख खबर कागजलाई घटनाहरूको अभिलेखको रूपमा चिनिन्छ । नेपाल
उन्नाइस वटा देश र युरोपेली संघ (ईयू) मिसिएपछि बनेको बीसको समूह (जी–२०) को यसपल्ट हुने वार्षिक बैठकको आयोजक–राष्ट्र हुँदैछ भारत। गत मध्य–मङ्सिरमा जी–२० को अध्यक्षता ईण्डोनेसियाबाट भारतमा सरेकै दिनदेखि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसलाई विशिष्ट अवसर बनाउने प्रयत्न थालेको छ। सन् २०२४ को आयोजक हुने पालो ब्राजिललाई दिने बखतसम्ममा भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई नयाँ उचाइमा पु¥याउने मोदीको धोको छ। विदेश राज्यमन्त्री भी. मुरलीधरनको हालै मात्र राज्यसभा (संसद्) मा यसै आकांक्षालाई प्रतिध्वनित गर्ने वक्तव्य आएको थियोः–भारतले आफूकहाँ यतिञ्जेल भएका उपलब्धिलाई विश्वसमुदायसमक्ष प्रस्तुत गर्ने बेजोड अवसर पाउँदै छ।
पूर्वी युरोपमा अवस्थित फराकिलो भौगोलिक परिवेश भएको मुलुक युक्रेन र दक्षिण एसियाको सानो भूखण्ड ओगटेर बसेको नेपाल । यी दुईबीच सोझो सम्बन्ध वा सम्पर्क हुने सन्दर्भ केही अघिसम्म थिएन । अहिले नै पनि द्विपक्षीय सम्बन्धको सार्थक विकास हुन बाँकी छ । सन् १९९१ मा सोभियत सङ्घ विघटन भएयताको इतिहास मात्र नियाल्दा चाहिँ दौत्य सम्बन्धको यस स्थितिलाई सामान्य भन्नुपर्छ ।