गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्युँझनुभयो ।
अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुग्नुभएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने भए पनि प्रदेश छनोटमा परेका कतिपय खेलका खेलाडीले खेल सामग्रीसमेत पाएनन् ।
नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।
लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।
निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । नेकपा (एकीकृत समाजवादी)का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पु-याएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पु¥याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “हामीले सबै पालिकामा लगातारको वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न भनेका छौँ,
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ । ती स्थानमा जडानकार्य सम्पन्न भई सेवा सञ्चालनमा आएको छ ।
दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैँ बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट
डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलव १६ मा सीमित भएको छ ।
जिञ्जाडाका दलित समुदाय त्यहाँका गैरदलित समुदायमै आश्रित छन् । घरबाहेक उनीहरुसँग न उत्पादन गर्ने जमिन छ, नत हिँड्ने बाटो नै ।