• ६ जेठ २०८१, आइतबार

सभामुखले छाड्नुभयो सरकारी निवास

blog

फाइल तस्बिर ।

काठमाडौं, असोज २२ गते । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।     

सभामुख सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा समेत गर्नुभएको छ । सिंहदरबारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गर्नुभएको हो ।