जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाइ गरेको छ ।
नारायणगढ मुग्लिन सडकको सिमलताल नजिकै त्रिशूली नदी किनारमा भेटिएको बस उत्खनन् गर्न थप प्रयास जारी राखिने भएको छ ।
सरस्वती माता ज्ञान–विज्ञान, कला–शिल्प, सङ्गीतकी देवी हुन् । हिन्दु संस्कृतिमा माघ शुक्ल पञ्चमीमा श्रीपञ्चमी पर्व मनाइन्छ । यस पर्वलाई सरस्वती पञ्चमी एवं वसन्तपञ्चमी पनि भनिन्छ । यस पर्वको दिन वि
समकालीन विश्व निरन्तर सङ्क्रमणकालमा छ । चालु विश्व इतिहास स्थान तथा समयको परिवेशमा गतिशील छ । त्यसैले दोहो¥याएर भनिँदै आएको मानव समाज सिकारी चरणबाट आज सङ्गठित अवस्थामा राष्ट्र–राज्य वा राज्य–राष्ट्रको अवधारणागत परिधिमा स्थिरता खोजेको छ । राजनीतिक व्यवस्था, अव्यवस्था र पुनव्र्यवस्थाको चक्र पनि विश्व मञ्चसँग मिल्दोजुल्दो छ कि छैन ।
थो संस्करणको चिल्ड्रेन लाइफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि हुने धौलागिरि अञ्चल स्तरीय प्रथम कराँते प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशेष कार्यक्रम गर्दै बिहीबार ‘शान्ति कविता गोष्ठी’ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तुलसी दिवस, संस्थाका संरक्षक कवि डा. विमल कोइराला, अध्यक्ष कवि मोमिला, एनएलजीआइका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तलगायतले ‘कलाश्री’ साहित्य वार्षिक अङ्कको विमोचन गर्नुभयो ।
नइ एकेडेमीले आउँदो चैतमा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) का दिन काठमाडौँमा सम्मेलन आयोजना गरिने एकेडेमीले जनाएको छ ।
मिसेस नेपाल इन्टरनेसनल–२०२५ सन्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड–२०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गर्नुभएको छ । सन्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल–२०२५ बन्नुभएको थियो ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा शुक्रबार मौसममा बदली हुने पूर्वानुमान गरेको छ ।
बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ३७ वर्षअघि सुरु भएको बबई सिँचाइ आयोजनाको काम ७६ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०४५/४६ देखि सुरु भएको काम आव २०८२/८३ सम्म पनि सकिएको छैन । तोकिएको समयमा काम सम्पन्न नहुँदा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको आयोजनाको लागतसमेत बढ्दै गएको छ । कृषकको सिँचाइ गर्ने आशासमेत लम्बिँदै गएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपियाँ ३२ पैसा र बिक्रीदर १४६ रूपियाँ ९२ पैसा तोकिएको छ ।
शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ । अधिकांश युवाले खाडी र मलेसियामा मासिक ३०/३५ हजार कमाउन जानका लागि दुई/तीन लाख रुपियाँसम्म तिरेर गइरहेको बेलामा शून्य लागतमा विदेश जान पाइन्छ भन्दा नपत्याउनु स्वाभाविक पनि हो तर मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले नेपालबाट शून्य लागतमा यो वर्ष आठ सय श्रमिक लैजाने गरी माग गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।