इस्लाम धर्मावालम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजाह (बकराइद) बाँकेमा धूधामका साथ आइतबार मनाइएको छ। तीन दिनसम्म मनाइने यो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ।
चितवनको भरतपुरमा आफँैले काम गर्दै आएको बसले किच्दा एक सहचालकको मृत्यु भएको छ ।
विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६, ६–२, ६–२ को जित निकाल्नुभयो ।
काठमाडौ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्करुपमा उपलब्ध गराउने भनिएको इन्डक्सन चुलो वितरण कार्यक्रम अवरुद्ध भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बकर इद पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ ।
बुटवल उपमहानगरपालिका ३ गोलपार्कमा रहेको पाल्पाली होटलमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला परेकी छिन । शनिवार राती करिब साढे १० बजे एक युवकको साथमा होटलमा गएकी बुटवल ११ की २१ वर्षीया समिक्षा गुरुङ होटलमा पुगेको डेढ घण्टामै राती १२ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्ममाथि गर्ने शासनको अन्त्य भएको बताउनुभएको छ । ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आइतबार भरतपुर –१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभयो ।
काठमाडौं, असार २६ गते । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको फिल्म 'प्रेमगन्ज'को तेस्रो गीत 'समय' रिलिज भएको छ । गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् ।निर्देशक परिच्छेद सेनका अनुसार फिल्ममा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गर्नुभएको छ भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गर्नुभएको हो । पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतमा किरण भुसालले आवाज रहेको छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गर्नुभएको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन् । फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने फिल्म भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।
बूढीगंगा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर बाँनिया नगरप्रमुखमा विजयी हुनु भएको छ । यस्तै उपप्रमुखमा पनि एमालेकै माया कुँवर विजयी हुनु भएको छ ।
एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् । मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।
मल्टी स्टार चलचित्र ‘लाखे’को करिब सवा एक मिनेट लामो टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । भदौ ३१ गते प्रदर्शन हुने ‘लाखे’को टिजरबाट चलचित्र सस्पेन्स र थ्रिलले भरिएको आकलन गर्न सकिन्छ ।
सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन् । प्रतिष्ठानको हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले धादिङमा विद्युत् मर्मतका लागि भन्दै प्रत्येक शनिबार लोडसेडिङ गर्दै आएको छ । जिल्लामा बिजुली आउने र जाने समयमा कुनै भर नभएकाले स्थानीयले सास्ती खेप्दै आएका छन् । उता विद्युत्मा आश्रित व्यवसाय गर्न निकै कठिन भएको गुनासो व्यवसायीको छ । गर्मीको समयमा विद्युत्को अनियमितताले व्यवसाय चौपट भएको होटल व्यवसायी मुना गोतामे बताउनुहुन्छ । “निकै गर्मी छ, फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सामान बिग्रिएर जान्छ,” गोतामे भन्नुभयो, विद्युत् प्राधिकरणको असावधानीले दैनिक घाटा बेहोर्नुपरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली आज (आइतबार) बिहान काठमाडौं आइपुग्नु भएको छ ।