अर्जुनधारा नगरपालिका–७ मा आइतबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा इन्द्रबहादुर लिम्बूको आठको दुइतले घर जलेर नष्ट भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
तनहुँको एक पालिकाले निःशुल्क खाना, बस्न र पढ्न सुविधा प्रदान गरेपछि असहाय बालबालिका खुसी भएका छन् ।
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । आइतबार आयोग पुगेर नेता श्रेष्ठले उम्मेदवारी दिनुभएको हो ।
माघको चिसोमा यहाँको हनुमानघाटस्थित त्रिवेणीधाममा चिसो पानीमा डुबुल्की मार्दै मनाइने माधवनारायण मेला आज (आइतबार) समापन भएको छ । व्रतहरूले मान्ने यो मेला नेपाल संवत्को आठौँ शताब्दीदेखि एक महिने अवधिसम्म लाग्ने गरेको बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्वसांसद रेशम चौधरीले दायर गर्नुभएको मुद्दाको सुनुवाइ हुँदैछ । पूर्वसांसद चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखि सर्वोच्चमा रिट निदेवन दर्ता गर्नुभएको थियो ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठ सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।
पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।
अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।
सङ्घीय संसद्अन्तर्गत आज (आइतबार) प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजेबाट सुरु हुने बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेश हुने कार्यसूची छ ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकाल्दा उपाधि दौडमा रहेको आर्सनल र लिभरपुलले हार खेपेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।