प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभएको छ।
उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
गोरटो एजुकेशनल कन्सल्टेन्सीले पाँचौँ वार्षिक साधारणसभा गरेको छ । ‘रिफाईन, रिफ्रेश र रिचार्ज’ भन्ने मूल नारासहित साधारणसभा गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ ।
नवलपुरको देवचुली नगरपालिका–४ मा खनियाँ खोलामा एक जनाको शव फेला परेको छ ।
पाकिस्तानले टि-२० विश्वकपको नकआउट चरणमा पुग्दा र कट्टर प्रतिद्वन्द्वी भारतसँग सामना भएमा आफ्नो सरकारसँग सल्लाह लिएर मात्र खेल्ने कप्तान सलमान अघाले बिहीबार स्पष्ट गर्नु भएको छ ।
रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट चार वर्षीय बालिकाको ज्यान गएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा दुवै निर्वाचन प्रणालीका लागि मतपत्र छपाइ कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
सयौँ सिकाइ केन्द्र स्थापना गरी झुपडीको भित्तामा शैक्षिक भित्तेचित्र बनाउने सामाजिक कार्यकर्ता रूबल नागीले बिहीबार १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार जित्नुभएको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७ को पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने बताउनुभएको छ ।
नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीले १६२ जनाको हत्या गरेपछि राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सेनाको बटालियन तैनाथ गर्दै देशको सुरक्षा व्यवस्था सुदृढ पार्ने आदेश दिनु भएको छ ।
हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरूलाई विज्ञापन बोर्डले आग्रह गरेको छ ।
अमेरिका-रुसबिचको अन्तिम हातहतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ समाप्त भएपछि जापानका आणविक बम पीडितले विश्व आणविक युद्धतर्फ उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।