• २२ माघ २०८२, बिहिबार

माछा मार्न हिँडेका पुलामी मृत फेल

blog

बोमलाल गिरी

नवलपुर, माघ २२ गते । नवलपुरको देवचुली नगरपालिका–४ मा खनियाँ खोलामा एक जनाको शव फेला परेको छ । 

घरबाट माछा मार्न हिँडेका देवचुली–४ शान्तिडाँडाका ३७ वर्षीय प्रदीप पुलामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक वीरबहादुर गुरुङका अनुसार प्राय मादक पदार्थ सेवन गर्ने पुलामीमा मृगी रोग भएको खुलेको छ । 

उहाँको शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको गुरुङले जानकारी दिनुभयो ।