कोलम्बो, माघ २२ गते । पाकिस्तानले टि-२० विश्वकपको नकआउट चरणमा पुग्दा र कट्टर प्रतिद्वन्द्वी भारतसँग सामना भएमा आफ्नो सरकारसँग सल्लाह लिएर मात्र खेल्ने कप्तान सलमान अघाले बिहीबार स्पष्ट गर्नु भएको छ ।
यो प्रतियोगिता राजनीतिक विवादका कारण प्रभावित भएको थियो किनभने बङ्गलादेशले सुरक्षा सम्बन्धी चिन्ता देखाएर भारतमा खेल्न अस्वीकार गर्यो र पाकिस्तानले आफ्नो समूह ‘ए’ को खेलमा सह–आयोजक भारतसँगको भेट अस्वीकार गर्यो । तथापि, सेमिफाइनल वा फाइनलमा दुवै छिमेकीको भिडन्त हुने सम्भावना अझै बाँकी छ ।
“भारतको खेल हाम्रो नियन्त्रणमा छैन । यो सरकारको निर्णय हो र यदि हामीले सेमिफाइनल वा फाइनलमा भारतसँग खेल्नुपर्छ भने हामी सरकारको सल्लाह अनुसार अघि बढ्ने छौँ”, अघाले कोलम्बोमा पत्रकारलाई भन्नुभयो । पाकिस्तानले बङ्गलादेशको अनुरोधमा श्रीलङ्कामा खेल सार्न समर्थन गरेको थियो । इस्लामाबाद सरकारले राष्ट्रिय टोलीलाई फेब्रुअरी १५ मा भारत विरुद्धको समूह खेलमा नखेल्ने निर्देशन दिएको छ ।
अघाले भन्नुभयो, “बङ्गलादेश यहाँ नभएकोमा दुःख लाग्छ । उनीहरूले हाम्रो समर्थन गर्ने छन् भन्ने आशा छ ।” पाकिस्तान र भारतले दशकभन्दा बढी समयदेखि द्विपक्षीय क्रिकेट खेल्दै आएका छैनन् र बहुराष्ट्रिय प्रतियोगितामा मात्र भेट्छन् । समूह चरणमा पाकिस्तानले नामिबिया, नेदरल्यान्ड्स र अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ । अघाले भन्नुभयो, “हामी पछिल्लो विश्वकपमा अमेरिकासँग हारका कारण निराश थियौँ, अब त्यसलाई सुधार्ने प्रयास गर्ने छौँ ।”
यदि पाकिस्तानले भारतसँगको खेल गुमायो भने केवल दुई अङ्क मात्र गुम्ने छैन, नेट रन रेटमा पनि असर पर्न सक्छ । खराब मौसममा एउटा समूह खेल गुम्दा छनोट कठिन हुन सक्छ, तर अघाले भन्नुभयो, “हामीलाई त्रुटिको सीमा थाहा छ, तर परिस्थिति नियन्त्रण गर्न सक्दैनौँ । हामी यहाँ राम्रो क्रिकेट खेल्न आएका छौँ र परिस्थितिबाट प्रभावित हुने छैनौँ ।”
पाकिस्तानले सन् २००९ मा घरेलु मैदानमा अस्ट्रेलिया विरुद्ध ३-० ले जितेर उपाधि जितेको थियो । अघाले भन्नुभयो, “हामीले गत वर्ष एसिया कपपछि कुनै सिरिज हारेका छैनौँ । सबै कुरा राम्रो भइरहेको छ र हामी अझ राम्रो गर्नेमा विश्वस्त छौँ ।” पाकिस्तानका सबै खेल श्रीलङ्कामा हुने छन्, जहाँ टोली जनवरीमा भ्रमण गरी स्थितिबारे अनुभव राखिसकेको छ । अघाले भन्नुभयो, “श्रीलङ्कामा खेल्न पाउँदा निकै खुसी छु–मेरो लागि यो दोस्रो घर जस्तै छ । यो मेरो छैटौँ भ्रमण हो र हामीले धेरै समर्थन पाएका छौँ ।” रासस/एएफपी