सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ ।
दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । बुधवार तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयका लागि अवरुद्ध भएको हो ।
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ वटा संस्थाले अनुमति पाएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको हाे ।
म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।
सप्तरीको चार पालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने छ घर जलेर नष्ट भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका, महादेव गाउँपालिका र शम्भुनाथ नगरपालिकामा आगलागी भएको हो ।
काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ ।
धनुषालगायत वरपरका जिल्लामा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । छाला चिलाउने, दाद, एलर्जी र फोकोफुन्सीलगायत छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
स्कुटरसहित सेती लोकमार्गको कालिमाटी खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । साँफेबगर नगरपालिका–१ वैद्यनाथ निवासी अन्दाजी ५० वर्षीय गणेशनाथ योगी मृत अवस्थामा बुधबार बिहान फेला पर्नुभएको हो ।
मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरू घर फर्किँदै थिए ।
मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालन भएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी देखिएको छ । गर्भवती महिलाहरूको गाउँमै पुगेर अल्ट्रासाउण्ड गर्दा गर्भमा रहेको बच्चाको अवस्था थाहा हुने भएकाले जोखिम कम भएको हो ।