राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ ।
घरमा पालिएका गाईगोरु धमाधम बिरामी पर्न थालेपछि रुकुमपश्चिमका पशुपालक किसान चिन्तित बनेका छन् ।
देशको वर्तमान अवस्थालाई लिएर पाकिस्तानको मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने तथा उनीहरूमाथिको कारबाहीलाई तीव्र पारिएकामा आयोगले चिन्ता व्यक्त गरेको हो ।
इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ ।
गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा शुक्रबार स्वर्ण जित्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ।
झापा शिवसताक्षी नगरपालिकामा एक महिलाको शव फिलुङ्गेको नलले छोपेको अवस्थामा भेटिएको छ । वडा ६ स्थित स्थानीय ६३ वर्षीय शान्तिमाया प्रधानको शव बिहीबार बेलुका उहाँकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रिय चिया दिवसका अवसरमा आज इलामको सूर्योदय नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले किसान परिचय पत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्नका लागि परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख रुपियाँ दिने मन्त्रीपरिषद्को निर्णयबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । राष्ट्रिय युवा संघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयबिरुद्ध आज बुझाएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।