गुल्मीका तीन स्थानीय तह कार्यसम्पादनमा अब्बल बन्दै गएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार यस जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहमध्ये मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका र रेसुङ्गा नगरपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएका हुन्।
ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन भएको खुला डिजिटल वक्तृत्वकला प्रतियोगितामा विद्वता पोखरेल प्रथम हुनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, विराटनगर महानगर प्रज्ञा–प्रतिष्ठानको सहआयोजना तथा विराटनगर महानगरपालिकाको विशेष सहयोग, कोशी प्रदेश पर्यटन, वन तथा वातावरण
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७२ पैसा र बिक्रीदर १४५ रुपियाँ ३२ पैसा तोकिएको छ ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भटमास र सूर्यमुखीको खानेतेल उत्पादन गर्ने उद्योगीसँग मूल्य बढ्नुका कारण मागेसँगै उद्योगीले मूल्य घटेको लिस्ट पेस गर्न थालका छन् । विभागले
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारमा अनावश्यक खर्च नगरी मितव्ययिता अपनाउन र बैङ्क खातामार्फत मात्रै आर्थिक कारोबार गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्नुभएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा छ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले शुुव्रmबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवको माघ मसान्तसम्म छ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री कार्कीले मुख्य निर्वाचन अधिकृतसहित स्थानी
नेकपा (एमाले) ले शुक्रबारदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घर-घरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरेको छ ।
अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा उल्लेखनीय वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
आम जनता पार्टी (आजपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको मुख्य प्रश्न चुनाव कसले जित्ने भन्नेभन्दा पनि देशलाई कसले गाँस्न सक्छ भन्ने महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको सातौँ संस्करणको विमोचन गर्नुभएको छ ।