स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यस्थिति सामान्य रहेकाे बताइएकाे छ । हिजो सामान्य चक्कर आएपछि उहाँ वीर अस्पतालमा उपचारको लागि जानुभएको थियो ।
प्रिय भाइबहिनीहरू, ‘बुलिङ’ अर्थात् बदमासी भनेको के हो, के तपाईंहरूलाई थाहा छ ? स–साना भाइबहिनीदेखि किशोरकिशोरीले गर्ने त्यस्तो प्रकारको व्यवहार जसमा उनीहरूले आफ्नो साथीभाइ, दिदीबहिनी र कहिलेकाहीँ त आफ्नै गुरु तथा गुरुआमाहरू तथा जो कोहीलाई मनमा बिझ्याउनेगरी गर्ने व्यवहारलाई बुलिङ (Bullying) अर्थात् बदमासी भन्ने गरिन्छ । जो कसैलाई मर्का पर्नेगरी कुनै त्यस्तो व्यवहार गर्ने र उक्त व्यवहारको प्रतिक्रिया हेरेर आफूले आन्नद लिने जे जति कार्य पर्दछन् ती सबै समस्यामूलक व्यवहारलाई नै ‘बुलिङ’ भनिन्छ । तपाईंहरूको मनको साथी मुनाको यस अङ्कमा यसै विषयमा केही कुरा गरौँ है त :
पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो ।
खेतको रोपो मनको धोको जीवनको जुहार पसिना झुल्छन् धानका बाला मङ्सिरको मुहार खोलाको पानी आँखाका नानी बाउसे, रोपार ब्याडे र बाउसे खेताला खेतका सहकाल ओसार
मृत्यु फरक शैलीमा आइरहेछ मनिर ऊ मभित्र गहिरोसँग रोपिइसकेको छ न म उसलाई उखालेर फ्याक्नु सक्छु न ऊबाट भाग्न तथापि म रोप्न सक्छु फूल जसले
आज (आइतबार) पनि देशैभर मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेकोले मनसुनी प्रणाली झन् थप सक्रिय बन्ने महाशाखाले जनाएको छ।
सौर्यमण्डलको आकार कत्रो छ ? हाम्रो सौर्यमण्डल रहेको आकाशगङ्गा मिल्की वे आकारमा कति ठूलो छ ? मिल्की वेको केन्द्रमा के छ ? यी प्रश्नको उत्तर सजिलै बुझ्न गाह्रो छ । वैज्ञानिकले अनुसन्धानबाट स्पष्ट पारेका छन्, हाम्रो आकाशगङ्गामा खर्बौं तारा छन् र यस्ता आकाशगङ्गा ब्रह्मान्डमा खर्बौंको सङ्ख्यामा छन्। अब अनुमान लगाउनुस् आकाशगङ्गा र ब्रह्मान्डको आकार कति ठूलो होला।
मध्यपहाड र तराईका विभिन्न जिल्लामा बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार निम पाइने गर्छ। निमलाई अङ्ग्रेजीमा मारगोसा ट्रि भनिन्छ र यसको वैज्ञानिक नाम अजाडिरक्टा इन्डिका हो। मेलिएसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पति १५ देखि २० मिटरसम्म उचाइ हुने सदावहार रुख वर्गमा पर्दछ। बहुउद्देशीय बिरुवा निम धेरै पहिलेदेखि पहिचान भएको र समाजमा विभिन्न रोगको उपचारका लागि प्रयोग हुने गरेको छ।
कृषि उत्पादनका क्षेत्रमा वित्तीय संस्था अनुदार देखिएका छन् । आव २०७९/८० का लागि नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा उक्त विषय उल्लेख छ । नेपाल राष्ट्र बैङ्कले वित्तीय संस्थालाई लगानीयोग्य रकमको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न भनेकामा उनीहरूले १२.२८ प्रतिशत लगानी गरेका छन् । “एकातिर कृषिको आयात चुलिएको छ । अर्कातिर वित्तीय संस्था लगानीमा अनुदार देखिएपछि कृषिको परनिर्भरता तत्काल घट्ने देखिँदैन,” अर्थशास्त्रका जानकार भवानी खनालले भन्नुभयो । गत आर्थिक वर्षको अन्त्यसम्ममा वित्तीय संस्थाले कृषि क्षेत्रमा चार खर्ब ९० अर्ब १५ करोड रुपियाँ लगानी गरेका थिए । यो लक्ष्यभन्दा झन्डै तीन प्रतिशतले कम हो । सोही अवधिमा गत जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार सहुलियतपूर्ण कृषि कर्जा लिने कृषकको सङ्ख्या ६० हजार ६१८ रहेको छ ।
नेपाल एसबीआई बैङ्क र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको बैङ्कले जनाएको छ ।
मेगा बैङ्क नेपाल लिमिटेड १३औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले मेगा बैङ्कले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समयमै कतिपय बिधामा अग्रणी बैङ्कका रूपमा स्थापित हुन पुगेको बताउनुभयो । उहाँले साना तथा मझौला उद्योग तथा व्यवसायअन्तर्गत कृषि, लघुवित्त, महिला उद्यम कर्जा, विपन्न क्षेत्र कर्जासँग सम्बन्धित विधामा महìवपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
विराटनगरका उद्योगी–व्यवसायीले मौद्रिक नीतिले विदेशी मुद्रा सञ्चितिको चापलाई सुधार गर्नसक्ने प्रतिक्रिया दिएका छन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९÷८० को मौद्रिक नीति सम्भावित आर्थिक सङ्कट रोक्न सहयोगी बन्ने उहाँहरूले बताउनुभयो । तर, मौद्रिक नीतिले तरलता अभावको समस्या सम्बोधन, ब्याजदर घटाउने, लगानी बढाउनेलगायतमा भने सहयोगी बन्नेमा उद्योगी–व्यवसायीको आशङ्का छ ।
इङ्ग्लिस प्रिमयर लिगका दुई क्लब म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्लाबीच शनिबार भएको खेल २–२ ले बराबरीमा सकिएको छ। यस नतिजासँगै प्रिसिजनमा म्यान्चेस्टर युनाइटेडको विजयी यात्रा रोकिएको छ।
आर्थिक बर्ष २०७८/०७९ मा गुल्मीमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङक अनुसार जिल्लाका विभिन्न क्षेत्रमा भएको दुर्घटनामा परेर १७ जनाले ज्यान गुमाएको जनाएको छ ।
भारतले शनिबार पहिलो एकदिवसीय खेलमा घरेलु टिम वेस्ट इन्डिजविरुद्ध रोमाञ्चक तीन रनको जित हात पारेको छ। क्विन्स पार्क ओभलमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा ३०८ रनको विशाल स्कोर तयार पारेको थियो। वेस्ट इन्डिजले जवाफमा छ विकेटको क्षतिमा ३०५ रन बनायो। भारतको वेस्ट इन्डिजमाथि यो लगातार छैटौँ जित हो। सन् २०१८ पछि वेस्ट इन्डिजले भारतलाई एकदिवसीय क्रिकेटमा हराउन सकेको छैन।