बेरोजगार युवालाई फर्निचर निर्माण गर्ने तालिम प्रदान गरिएको छ । सिप सिकाएर युवालाई स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरिएको हो । तालिमका सहभागी हिक्मत बोहराले फर्निचर निर्माणसम्बन्धी सिप विकास तालिम प्राप्त गरेको बताउनुभयो । दक्ष सहजकर्तामार्फत तालिम लिएका कारण उहाँले आफू छ प्रकारका सामग्री निर्माण गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले आफूले तालिम लिएकै फार्निचर उद्योगमा कामसमेत पाएको बताउनुभयो । अर्का सहभागी सोन बोहराले तालिम निकै उपयोगी र रोजगारी पाउन सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । सदरमुकाम सिमकोटमा मात्र चार वटा फर्निचर उद्योग रहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाका अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रमण भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
संघीय सरकारले धनकुटामा आगामी आर्थिक बर्ष २०८१–८२ का लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ ।
कैलालीको गोदावरी नगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा ५५ वटा मुद्दा फर्छ्यौट गरेको छ । नयाँ परेको ४३ र जिम्मेवारी सरिआएको १८ गरी जम्मा ६१ मुद्दा रहेकोमा ५५ वटा फर्छ्यौट भएको समितिले जानकारी दिएको छ ।
अबिरल बर्षाका कारण गएको पहिरोमा परी मोलुङ गाउँपालिका –७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । सोही ठाउँको २३ घर जोखिममा परेका छन् ।
मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म अस्पताल भर्ना भएर सोमबार दिउँसो डिस्चार्ज हुनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१–८२ देखि २०८५–८६ स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सब–इन्जिनियर अख्तर हुसेनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग एक लाख रुपियाँ घुस रकम लिएको आरोपमा हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलको नेतामा आफू नै रहेको प्रस्ट पार्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताउनुभएको छ ।
वीरगन्ज आर्दशनगर मेनरोडस्थित सिद्धार्थ बैङ्कमा सोमबार आगलागी भएको छ । करिब साढे ४ बजेदेखि लागेको आगलागी साँझ ६ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताउनुभयो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक रहेको बताउनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गर्नुभएको छ ।
कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन-२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाउनुभएको छ ।