कसैले आफ्नो स्वामित्वमा रहेको घर, तला वा कोठा निश्चित समयका लागि भाडामा दिने वा लिने कामलाई घर बहाल भनिन्छ । समाजमा सहरीकरणको विकाससँगसँगै घर बहालमा बस्ने परम्पराको विकास भएको हो । कामको सिलसिलामा सहरमा आउने र त्यहाँ केही समय बस्नका लागि भाडा तिरेर बस्ने प्रचलनको विकाससँगै घर बहालको अवधारणा आएको हो । विश्वका विभिन्न मुलुकमा आफ्नै प्रकारका घर बहालसम्बन्धी कानुन निर्माण गरेको पाइन्छ । संयुक्त राज्य अमेरिकामा घर बहालसम्बन्धी कानुन राज्य र स्थानीयस्तरमा फरक फरक हुन्छन् । स्थानीय आवास प्राधिकरणहरूले भाडा नियमन
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको छ ।
सरकारले १२ मुलुकमा रहेका राजदूत फिर्ता बोलाएर नयाँ राजदूत सिफारिस गरेको छ । राजदूत नियुक्तिका सन्दर्भमा विभिन्न कोणबाट तर्क, वितर्क चलिरहँदा राजनीतिदेखि कूटनीतिक वृत्तमा पनि बहस चलिरहेको छ । नेपालको राजनीतिसँगै कूटनीतिक क्षेत्र पनि किन यति धेरै तरङ्गित र अपरिपक्व हुँदै छ ? के नेपालले आफूले तय गरेको विदेश नीतिका आधारमा कूटनीतिक अभ्यास अवलम्बन गर्न चुकेको हो ? नेपाल पछिल्ला दशक भूराजनीतिक प्रभावको केन्द्रविन्दुमा रहेको विदित नै छ । विश्व परिवेशमा नै छिमेकी मुलुक चीन र भारतको आर्थिक उन्नति, सामरिक र सैन्य सुरक्षा, सूचना र प्रविधिको विकास, राजनीतिक रूपमा बढ्दो प्रभावसँगै यी मुलुकबिचको सम्बन्धले पनि नेपालमा प्रत्यक्ष प्रभाव पारेका सङ्केत स्पष्ट छन् । राजनीतिसँगै कूटनीतिक क्षेत्रमा स
सेयर बजारमा अहिले खासै रौनक छैन । सेयर खरिदबिक्री सामान्य हुने र कारोबार पनि पाँच अर्बमुनिकै अवस्थामा रुमलिएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा १४.८३ अङ्कको गिरावटसहित बजार २०३७.८३ को बिन्दुमा रहेको छ । त्यसैगरी साताको दोस्रो दिन सोमबार नेप्से १६.२९ अङ्कको बढोत्तरीसहित नेप्से २०५३.३८ को बिन्दुमा उक्लेको छ । बजारको प्रकृति हेर्दा कहिले सामान्य बढोत्तरी छ भने कहिले सामान्य गिरावट छ । समग्रमा हेर्दा वर्तमान सेयर बजारमा ठुलो उतारचढाव छैन । सुस्त गतिमा बजार रहेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा सेयर बजारका लागि आवश्यक सुधारका कार्यक्रम खासै उल्लेख नगरि
पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई पाँच लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदनकुमार अधिकारीले जानकारी दिनुभयो । न्यायाधीश भण्डारीकै गत असार १० गतेको इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो ।
दाङको घोराही उपमहानगरपालिका ८ स्थित ढिकपुरको दुन्द्रा पोखरीमा ढकमक्क फुलेको रातो कमलको फूल ।
राष्ट्रिय दिवसका रूपमा असार १५ मा धान दिवस मनाउन थालिए पनि धानफाँटबाट असारे भाका लोप भइसकेको अवस्था छ । असारे भाकालाई श्रम र पसिनाको गीतका रूपमा किसानबिच चिनिन्छ ।
युरोपेली च्याम्पियनसिपमा मङ्गलबार रोमानियाविरुद्ध खेल्दा नेदरल्यान्ड्सलाई विगतमा जस्तोदाबेदार मानिएको छैन । परम्परागत रूपमा युरोपेली फुटबलमा रोमानियाभन्दा नेदरल्यान्ड्स धेरै माथि छ । सन् १९९० पछि नेदरल्यान्ड्सले रोमानियासँग हारेको पनि छैन । यी दुई टिमबिच अहिलेसम्म १४ पटक आमनेसामने हुँदा नेदरल्यान्ड्सले रोमानियालाई १० पटक हराएको छ । यस क्रममा नेदरल्यान्ड्सले २९ गोल गरेको छ । रोमानियाबाट मात्र तीन गोल आएको छ । पछिल्लो पटक सन् २००७ मा भएको युरोपेली च्याम्पियनसिपको छनोट चरणमा रोमानियाले नेदरल्यान्ड्सलाई हराएको थियो । यद्यपि यी दुईबिच मङ्गलबार हुने भिडन्तलाई बराबरीको टक्कर मानिएको छ । रोमानिया युरोको नकआउटमा पुगेको यो मात्र दोस्रो पटक हो । सन् २००० मा रोमानियाले क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो । नेदररल्यान्ड्स सन् १९८८ को विजेता हो ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।
दसबर्से द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेखसहितको चित्र/फोटो, कलात्मक डिजाइनसहित ‘शान्ति ग्यालरी’ को स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहद्वारा बुढानीलकण्ठ–७ स्थित छहारीको भवनमा स्थापित शान्ति ग्यालरीको सोमबार शुभारम्भ गरिएको हो । सो अवसरमा शान्ति स्थापनाका लागि समग्र नेपाली महिलाले पु¥याएको योगदान झल्काउने ‘आराध्याती’ स्तम्भको अनावरणसमेत गरिएको छ । सो ग्यालरीमा द्वन्द्वको समय र त्यसपछिका शान्ति स्थापना गर्न योगदान पु¥याउने समग्र नेपाली महिलासहित अभियन्ता, योद्धाको चित्र, फोटो घटनाक्रमको विवरण राखिएका छन् ।
नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्नरगराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ ।
समाजको विकास, स्थायित्व र रूपान्तरणका लागि ‘संवाद’ महत्वपूर्ण औजार रहेको एक कार्यक्रमका सहभागीले बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र (सिनास) ले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो बताउनुभएको हो ।
रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । माडी गाउँपालिका–२ घर्ती गाउँबाट वडा नं.४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
२१ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कृषिका दुई र पशुपालनका दुई रहेका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित तरकारी खेती गर्ने ढकाल नर्सरी फार्मका सञ्चालक दामोदर ढकाल र धान, मकै, बेमौसमी तरकारी, कफी, घाँस तथा फलफूल खेती गर्ने भानु नगरपालिका–९ का कडरिया एकीकृत कृषि फार्मका सञ्चालक वासुराज कडरिया सम्मानित हुनुभएको हो । ढकालले ७५ रोपनी जमिनमा तरकारी खेती गर्नुभएको छ भने कडरियाले २० रोपनी क्षेत्रमा सबै प्रकारका खेती गर्नुभएको छ ।