सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई एक लाख रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
गत महिनामा मलेसियामा भ्रष्टाचारविरोधी राष्ट्रव्यापी कारबाहीमा दुई हजारभन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध भएका छन् । वर्षासँगै खोलामा बाढी आएको र सडक माथिबाट झरेको पहिरोले सडक पुरिएरको साथै पहिरोले बगाउँदा सडक अवरुद्ध भएका हुन् ।
म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी हुँदै राउण्ड धवलागिरी पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको उद्धार टोलीले फेला पारेको छ ।
फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर रू २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबर हुन आउँछ ।
अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
व्यास नगरपालिकाका करार तथा ज्यालादारी रूपमा कार्यरत एक सय १४ जना कर्मचारीको जागिर गुम्ने जोखिम भएको छ ।
पश्चिम गुल्मीको एक परिवारले स्वर्गीय छोराको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।
सडक मानव, असहाय बालबालिका, परित्यक्त वृद्धवृद्धा र मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले बर्दीबासमा निर्माण भइरहेको ‘हाम्रो मायाको घर’ अन्तिम चरणमा पुगेको छ ।
नेपालको एक सय पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत बागलुङको पञ्चकोट जाने छोटो सडक कालोपत्र गर्न थालिएको छ । ट्रयाक खुलेको २२ वर्षपछि सडक धमाधम कालोपत्र भइरहेको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँकेले तस्करी, लागुऔषध ओसारपसार र बिक्री तथा अवैध आयात निर्यात रोक्न कडाई सुरु गरेको छ ।