प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ ।
चलचित्रबाट भएको आम्दानी वैशाखदेखि मासिक रूपमा सार्वजनिक गरिने भएको छ । चलचित्र विकास बोर्डले आम्दानी कति भयो भनी यकिन गर्न अव मासिक रूपमै सार्वजनिक गर्ने भएको हो ।
अमेरिकाको गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) वर्षौंदेखि केही अनौठा र असामान्य योजना संलग्न रहेको छ तर हृदयाघात गराउने बन्दुक (हर्ट अट्याक गन) निकै चर्चाको विषय रह्यो। कुरा कस्तो चलेको थियो भने सीआईएले यस्तो हतियार बनाएको छ जसले टाढैबाट लक्षित व्यक्तिमा हृदयाघात गराउन सक्छ। के उनीहरूले त्यस्तो गरे ? वा यो एक अर्को षडयन्त्रकारी सिद्धान्त मात्र हो ?
तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गा लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जानमा पड्किएको जानकारी दिनुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । बिहान ५ः५६ बजे उपचारको क्रममा उहाँकाे मृत्यु भएको स्वकीय सचिव तेजकुमार महर्जनले जानकारी दिनुभयो ।
एउटा काम आयो । बोरा खुल्नासाथ भित्रबाट आएको ढुसीगन्धलाई डब्बल मास्कले पनि धान्न सकेन । साङ्लाका ताँती यताउता भाग्न थाले । प्रायःजसो ओसिएर ढुसीबाट च्याउखेतीको तयारीमा गइसकेछ । तैपनि सामानको फेहरिस्त यस्तो छ, खिया लागेको चम्चा, पेनहोल्डर, कैँची र डेरीका दुई खाली बोतल । डेरीका दुई खाली बोतल देख्दा उहिले लैनचौर डेरीमा काँचो दू
आऊन् रात खुलेर चन्द्र नभमा धर्ती हुँदै जग्मग पृथ्वी फूल फुलेर वाग वनमा बास्ना चलून् मग्मग छल्केका नव प्रात छाल जलधि रङ्गिन भै पूर्वले झुल्को ज्योति नयाँ मुहान अबको ल्याऊन् नयाँ वर्षले ।
चराचुरी चिरबिर गर्दै कराइसके मिठो बोली लागिसक्यो नयाँ वर्ष बाहिर हेर ! दैलो खोली ।
अहँ, पटक्कै लाग्दैन प्रियतम दिन दिनजस्तो अब त बिर्सिसकेँ खुसी हुन्छ कस्तो ? सोचिरहन्छु हरदम
समकालीन कविता लेखनमा आफ्नै विशेषता बोकेका कवि हुनुहुन्छ– राजेन्द्र तारकिणी । कविता लेखन यात्राका क्रममा हालै उहाँले ‘बिगन रामको मादल’ नामक कृति सार्वजनिक गर्नुभएको छ । मुलुकको आमपात्रको प्रतिनिधित्व गर्ने बिगन रामलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरी कवितासङ्ग्रहको रूप दिनु भएका तारकिणीले प्रस्तुत कृतिका ५५ वटा कवितालाई छ खण्डमा विभक्त गर्नुभएको छ । यी सबै खण्डमा पीडित पात्रको कथा छ तर कथाको परिवेश र विषय फरक रहेको छ । काव्यानुभूति र काव्यचिन्तनको कोण मिलेका यी कवितामा समकालीन समयको विसङ्गत परिस्थितिको सार्थक चित्रण रहेको छ । हरेक कविताको संरचना क्षेत्रमा पनि विविधता रहेको छ, जसले गर्दा पाठकलाई एकपछि अर्काे कविता पढ्दा पृथक् स्वादको अनुभूति हुन्छ ।
गण्डक क्षेत्रका शासकको नाम लिनुपर्दा घले राजाको नाम आउँछ । यस प्रसङ्गमा लिगलिगकोटको इतिहासबाट चर्चा गरौँ । पहिले लिगलिगकोटमा घले राजाले शासन गर्ने गर्थे । त्यहाँ शाह राजाको उदय भएपछि घलेहरूको राज्य विस्थापित हुन पुग्यो । स्थानीय जनश्रुतिअनुसार घलेहरूमध्येबाट राजा छानिँदा चोरकाँटेदेखि जो पहिले लिगलिगकोटमा पुग्छ, उही राजा हुने चलन थियो तर घले राजासँग लमजुङका दुरा र घिमिरेहरू बिच्किएका
कलम ! सुन्दा आनन्दित, लेख्दा मनमोहक र बोक्दा गर्व लाग्ने शब्द÷वस्तु । कलम शब्द नै कति मायालु छ । मलाई यसको अति नै माया लाग्छ । कलम शब्द नै यति प्यारो लाग्छ कि मानौँ त्यो मैले जन्म दिएको बच्चा हो । मेरो पहिलो प्रेम । म कलमबिना घरबाहिर निस्किन पनि सक्दिनँ । मेरो ब्यागमा जहिले पनि कलम रहन्छ । यतिसम्म कि कुनै पनि ठाउँमा दस्तखत गर्नु परे अर्काको कलमले नगर्ने वाचा गरेकी छु । अर्काको कलमले दस्तखत गर्दिनँ पनि ।