नेपाल सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको निर्वाचनको मुखमा छ । यो विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो । सुदृढ लोकतन्त्रले मात्र सामाजिक सबलीकरण र आर्थिक समुन्नतिको मार्ग प्रशस्त गर्न सक्छ । त्यसैले निर्वाचनले दिने संसद् र सरकारले देशको विशेष अवस्थालाई राजनीतिक ढङ्गले सामान्यीकरण गरेर उच्च ढङ्गले सुशासित व्यवस्थाका माध्यमबाट लोकतन्त्रलाई अझ सुदृढ गर्न मद्दत गर्ने अपेक्षा आमजनताले
ताप्लेजुङमा निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राखिने भएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति ताप्लेजुङले निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राख्ने निर्णय गरेको हो ।
ताजा जनादेश लिन घोषित कार्यक्रम अनुसार मतदान हुन अब मात्र दुई दिन बाँकी छ । मुलुकका समस्या जब जहाँको तहीँ रहिरहन्छ तब निराशाको कालो बादल मडारिने मात्रै नभई नागरिकमा असन्तुष्टि पनि चुलिँदै जान्छ । जब ती असन्तुष्टि आन्दोलनको स्वरूपमा सडकमा छरपस्ट हुन्छन्, त्यतिखेर राजनीतिले माग्ने भनेको ताजा जनादेश नै हो । यथार्थमा जेनजी विद्रोहको बलमा हुन लागेको सो निर्वाचनको तिथिको आममतदाता उत्सुकतापूर्वक प्रतीक्षारत छन् ।
रङहरूको पर्व होली मङ्गलबार तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ छ पैसा र बिक्रीदर १४६ रुपियाँ ६६ पैसा तोकिएको छ ।
निर्वाचन र लोकतन्त्र एकअर्काका पूरक हुन् । लोकतन्त्र नभई निर्वाचन हुँदैन । निर्वाचन नभई लोकतन्त्र रहँदैन । निर्वाचन लोकतन्त्रको सुन्दर उपहार हो । निर्वाचन लोकको आकाङ्क्षा र आवश्यकता अभिव्यक्त गर्ने सर्वोत्कृष्ट माध्यम हो । निर्वाचन नागरिकको सार्वभौमसत्ताको परिचायक हो । निर्वाचन नागरिकको प्रतिनिधि छनोट गर्ने मौलिक अधिकार हो । निर्वाचन मतपत्रका माध्यमबाट मत प्रकट गर्ने अवसर हो । निर्वाचन केवल राजनीतिक प्रक्रिया र प्रावधान मात्र होइन, यो त लोकतन्त्रको संरक्षक र संवर्धक पनि हो । धेरैले निर्वाचनलाई अधिकारका रूपमा मात्र परिभाषित गरेका छन् तर निर्वाचन नागरिकको अधिकार मात्र होइ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ ।
जाडोपछि गर्मी बढ्दै छ । खानपान तथा जीवनशैली स्वास्थ्यमैत्री छैनन् । यो वर्ष औसतभन्दा बढी तातो हुने अनुमान गरिएको छ । उच्च गर्मी, लुलाई संयुक्त राष्ट्रसङ्घको विपत् जोखिम न्यूनीकरण कार्यालयले जलवायुजन्य विपत् मानेको छ । नेपालकै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले पनि यसलाई विपत्का रूपमा उल्लेख गरेको छ । पहाडमा पनि गर्मी उखरमाउलो हुन्छ । गर्मीसँगै रोग बढ्दै छन् । गर्मीमा जोखिम वर्ग ससाना बालबालिका, प्रौढ, दीर्घरोगी, हृदय रोगी, मानसिक रोगीले बढी सतर्कता अपनाउनु पर्छ, नत्र ज्यानै जान सक्छ ।
बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि मङ्गलबार मध्यरातदेखि सकिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
देशभरका थारू समुदायले यस वर्ष पनि परम्परागत ढङ्गले ढुरहेरीपर्व धुमधामसाथ मनाइरहेका छन् । प्रकृति र भूमिसँग गहिरो सम्बन्ध राख्ने थारू समुदायका लागि ढुरहेरी उत्सवको पर्व मात्र नभई सांस्कृतिक प्रतीकसमेत हो ।
नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा शनिबार अपराह्न होलीपर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ । उपस्थित मानिसले आपसमा रङको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रङले रङ्ग्याइदिनुका साथै हाँसखेल र नाचगानसमेत गरेका थिए ।
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामसाथ मनाइएको छ । चुनावी माहोललाई पर राखेर सबै जना रङको पर्वमा रमाएका थिए । सुन्धारादेखि वसन्तपुरको डबलीसम्म होलीको रमझममा विशेष गरी युवापुस्ता र पर्यटक रमाएका थिए । होलीलाई लक्षित गरी अस्ट्रेलियादेखि नेपाल आएका विदेशी पर्यटक एड्रिन भन्नुहुन्छ, “होली खेल्न नेपाली साथीसँग १५ दिनका लागि यहाँ आएको हुँ ।” उहाँलाई रङसँग खेल्न मन पर्ने भएकाले होली मनाउन नेपाल आएको बताउनुभयो ।
जेनजी आन्दोलनका विषय समेटिएको सौन्दर्यविद् सुषमा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनका तीन परिवार उदयपुरकी अम्बिका विश्वकर्मा (बानेश्वर संसद् भवनअगाडि श्रीमान् गुमाइन्), कीर्तिपुरका विष्णुबहादुर तामाङ (बुद्धिबहादुर तामाङका बुवा) र पार्वती अधिकारी (आन्दोलनमा आफ्ना छोरा गुमाइन्) को उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।