राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको छ । महिनावारी विभेद अन्त्य गर्न आवश्यकताअनुसार कानुन परिमार्जनका लागि सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ ।
सेवाग्राहीलाई दुःख दिने तथा अभद्र व्यवहार गर्ने १७ जना पक्राउ परेका छन् ।
काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूल ।
। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका–९ साखरका हरिबहादुर माझी आँखै अगाडि घरगाउँमा भएको परिवर्तन देखेर अचम्म हुनुहुन्छ । उमेरले ७० काटिसक्नु भएका हरिबहादुर पछिल्लो केही बर्षमा देखिएको परिवर्तनले उत्साहित हुनु भएको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् ।
दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो ।
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला खानेपानी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताउनुभएको छ ।
ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा प्राकृतिक सतहको पानी गुमाउँदै गरेको बताएको छ ।
युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप यादवले उत्तर दिने कार्यसूची रहेको छ ।
आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।
अविनाश चौधरीधनगढी, चैत ८ गते । सुदूरपश्चिम प्रदेशमा रानाथारु समुदायमा आज खख्डेहरा पर्व मनाइँदै छ । होरीको महत्वपूर्ण एवम् विशेष दिनको रुपमा सो समुदायका मानिसले खख्डेहरा पर्व मनाइ रहेका हुन । यस पर्वमा बिहानै गाउँभन्दा पर सडकमा खख्डेहरा फुटाउने गरिन्छ । गाउँका पुरुष, महिलाले खख्डेहरा फुटाउने गर्दछन् । खख्डेहरा फुटाएसँगै आजबाट पुरुषको तर्फबाट होरी समापन हुने गरेको जनाइएको छ । होरी यो समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ पूर्णिमाबाट सुरु भएको यो पर्व एक महिना आठ दिनसम्म मनाउने गरिन्छ । होरीको अन्तिम दिनलाई खख्डेहरा पर्वको रुपमा मनाउने गरेको धनगढी गाउँका पध्ना (भलमनसा) भज्जी रानाले बताउनुभयो । उहाँका अनुसार खख्डेहरा पर्वमा बिहानै पाँच बजेतिर खख्डेहरा फुटाइ सकेपछि पध्ना र चाकरको घरमा होरी खेल्ने, फगुइ माग्ने लगायतको चलन रहेको छ । साँझतिर खानपान गरेर एक वर्षका लागि होरीलाई बिदाइ गर्ने गरेको पध्ना रानाले बताउनुभयो । खख्डेहरामा माटोको सात वटा गोली र खपरा लगेर सेलाउने गरिन्छ । सात गोलीलाई सात भवानीको रुपमा मान्ने गरेको पध्ना रानाको भनाइ छ । “राक्षसहरूलाई पराजित गरी भवानीहरूले रक्षा गरेकोले साँधैभरि यसरी नै साथ दिइरहनू भनेर पूजा गरिन्छ”, उहाँले भन्नुभयो,“त्यसपछि खख्डेहरा फुटाइन्छ ।” खख्डेहरामा खपरा फुटाउने गरेको बताइएको छ । रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा पनि दिएको छ । खख्डेहरा फुटाएर पुरुषले आफ्नो होरी समापन गर्ने गरे पनि महिलाले भने चैतको चराइँमामात्रै होरी समापन गर्ने गरेको जनाइएको छ ।