रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ स्थित मुसिडाँडामा गेट बनाउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मुसिडाँडामा रहेको मन्दिर क्षेत्रमा नयाँ गेट बनाउने क्रममा पुरानो गेट भत्किन गई च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।
मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ ।
गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
पत्रकारिताको माध्यमबाट समाजलाई महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गोरखापत्रकर्मीसहित तीन जना पत्रकारलाई सम्मान गरिएको छ । गोरखापत्रका स्याङ्जा समाचारदाता अर्जुन काफ्ले, पुतलीबजार समाचारदाता हरिप्रसाद सुवेदी ‘सुशिल’ र पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्या तथा स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मानित गरिएको हो ।
सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ ।
श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ । प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ ले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु गरेको छ । गुलरिया नगरपालिका १ नं. वडा कार्यालय र खैरापुर स्वास्थ्य चौकीको संयुक्त आयोजनामा नागरिकको घरघरमा पुगेर ७० वर्ष उमेर पुगेका नागरिकका लागि घरघरमा स्वास्थय सेवा सुरु गरेको हो ।
सुनसरीमा नेकपा (एमाले)ले आफ्नो जरा अभियानअन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, खिवाङका ६२ वर्षीया देउबहादुर गर्बुजा चौंरीको आलो रगत पिउन मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सी खोलामा आउनुहुन्छ ।
लिबियामा बारुदी सुरुङ हटाउने कामलाई निरन्तरता दिनु र जनतालाई सुरक्षासम्बन्धी चेतना दिनु अहिले पनि धेरै आवश्यक रहेको राष्ट्रसङ्घका एक उच्च अधिकारीले बताउनुभएको छ ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको सम्पूर्ण सेवा ठप्प भएको छ । गत बिहीबार बिहान परेको अविरल वर्षासहित आएको पहिरो कार्यालयमा पस्दा आवश्यक कागजात र उपकरणमा क्षेति पुगेपछि कार्यालयको सम्पूर्ण सेवा बन्द भएको हो ।
चीनले शनिबार बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गर्नुभएको छ ।