बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने सबै जातजातिको संस्कृति संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ ।
गोरखा सडक योजना कार्यालय गोरखाले लोहनी एण्ड ब्रदर्श प्रालिसँग ठेक्का सम्झौता रद्द गरेको छ ।
झापाको दमकमा ढल व्यवस्थापनको काम गर्ने व्रmममा भत्काइएको सडक पुनर्निर्माण गरेको केही महिना नबित्दै भत्कन थालेको छ । एकातिर ढल निर्माणको काम सकिएको छैन भने ढलको पा
प्रहरीले विराटनगर १७ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १७ स्थित मटेरुवा टोलबाट प्रहरीले विराटनगर १८ का रवि साहलाई पक्राउ गरेको हो ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा मङ्सिर २० गते शनिबारदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत बन्द हुने भएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा निस्कने जङ्गली जनावरलाई रोक्ने उद्देश्यले लगाइएको सोलार फेन्सिङले काम गर्न छोडेको छ । आरक्ष क्षेत्रबाट बस्तीमा निस्कने जङ्गली जनावरलाई रोक्न लगाइएको घेराबार (सोलार फेन्सिङ) तार चुडिएर र पोल लडेर काम गर्न छोडेको हो ।
अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागार्डदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सडकको ट्रयाक खुलाएको दस वर्षपछि उक्त सडकको स्तरोन्नतीका साथै कालो पत्रे गर्ने कार्य सुरु गरिएको हो ।
कालिका नगरपालिकाको सिद्धिका चेपाङ समुदायले भोग्दै आएको समस्या निराकरणका लागि कयरखोलाको मुहानमा पक्की पुल निर्माण सुरु गरिएको छ । बर्सेनि बर्खायाममा कयरखो
रौतहटमा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा संलग्न दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ र २६ जोड्ने विजयपुर खोलामा अहिले दुई पुल प्रयोगविहीन छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको संस्थापन पक्षबाट अध्यक्ष पदसहित अन्य पदाधिकारी र सदस्यहरुको नमावली घोषण गरिएको छ ।
लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
महोत्तरीको जलेश्वर कारागारमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि भागेका कैदीबन्दीमध्ये २७१ जना अझै पनि फरार छन् । फरार कैदी खोज्न कार्यदल गठन गरिएको छ ।