नेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, आन्दोलन र प्रयोगको साक्षी रहँदै आएको छ । यही परिवर्तनशील राजनीतिमा केही यस्ता व्यक्तित्व छन्, जसले शासन प्रणाली जेसुकै भए पनि जनमतको परीक्षणबाट कहिल्यै पन्छिन चाहेनन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा महोत्तरीको राजनीतिक वातावरण केवल तातेको मात्र छैन, परम्परागत गणितभन्दा बाहिरको सम्भावनाको आंकलन गरिएकोछ ।
महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले महोत्तरी जिल्लाको राजनीतिक वातावरण असाध्यै तातिएको छ । मधेशको राजनीतिमा सधैँ अर्थपूर्ण भूमिका खेल्दै आएको यो जिल्ला यसपटक झनै विशेष चासोको विषय बनेको छ ।
मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डल अझै पूर्णता पाउन सकेको छैन ।
मधेश प्रदेश फेरि एकपटक राजनीतिक अस्थिरताका केन्द्रमा छ । पछिल्ला ५१ दिनमै तीन–तीन मुख्यमन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश अहिले नेतृत्वविहीन बनेको छ ।