• ६ जेठ २०८१, आइतबार

कोशी सरकार गठनविरुद्धको मुद्दामा सुनुवाइ जारी

blog

काठमाडौं, साउन ९ गते । कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा जारी  छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

मङ्गलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।

सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।