• ८ वैशाख २०८१, शनिबार

संसदको अवरोध हटाउन जुट्यो सहमति

प्रतिनिधि सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, असार २५ गते । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) बसेको शीर्ष नेताको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको छ ।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताउनुभएको थियो । प्रतिनिधि सभाको बैठक आज ३ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेस गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थियो । रासस